इलाम बजारमा अनुगमनःकोरोना पोजिटिभ परिवारकै सदस्य खुलमखुल्ला हिँडडुल गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलाम नगरपालिकाको अनुरोधमा कोभिड १९ संकट ब्यवस्थापन केन्द्र इलामले इलाम बजारमा १९ गतेदेखी २४ गतेसम्म बन्द गरेको छ । कोरोना संक्रमितको संख्या थपिँदै गएपछि बन्द गरिएको हो ।

यस अवस्थामा बन्द भएकै स्थानमा केही पसलहरु खुल्ला गरिएको पाइएको छ । आज भएको अनुगमनका क्रममा केही सर्वसाधारण मास्क बिना हिँडडुल गरिरहेको पाइएपछि मास्क लगाउन अनुरोध गरिएको छ ।

इलाम नगरपालिका वडा नम्वर सातका वडाध्यक्ष नरेश श्रेष्ठ संयोजक रहेको समितिले बजारमा अनुगमन गरेको हो । होटल एशोसिएसन इलामका प्रतिनिधि देबी पौडेल, नेपाल प्रहरीका प्रतिनिधि हवल्दार राजकुमार मण्डल र नेपाल पत्रकार महासंघका प्रतिनिधि सञ्चारकर्मी टीका खतिवडा रहेको तिन सदस्यले इलाम बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा इलाम नगरपालिका भित्र कोरोना पोजिटिभ परिवारकै सदस्य इलाम बजारमा खुल्ला रुपमा हिँडडुल गरिरहको पाइएको अनुगमन समितिका सदस्य देबी पौडेलले बताउनुभयो । उहाँका अनुसार इलाम नगरपालिकाले संचालन गरेको आयोजनामा मास्क बिना नै कामदारहरुले काम गरेको पाइएको थियो ।

बजार क्षेत्रभित्रका प्राय सबै मासु पसल खुल्ला रहेको र आज करिव ७० जना मानिस मास्क बिना नै बजारमा हिँडडुल गरेको पाइएपछि उहाँहरुलाई मास्क लगाएर मात्र बाहिर हिँडडुल गर्न सुझाव दिइएको छ । इलाम बजार भित्र मोटरसाइकल, अटो र केही भेनहरु बन्द गरिएको क्षेत्रमागुडाइरहेको पाइएको थियो । फाट्टफुट्ट बाहेक इलाम बजारमा बन्द गर्नु अगाडीभन्दा बन्दको अवस्थामा मानिसको भिडम्भाड कम भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय