“हामी यहाँ छौ ” भन्दै माइतिघरको सडकमा प्रचण्ड–नेपाल पक्ष

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल पक्षले संसद विघटनविरुद्ध आन्दोलन शुरु गरेको छ। प्रचण्ड(नेपाल पक्षले आज काठमाडौँको माइतीघरबाट आन्दोलन शुरु गरेको हो। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी भएका छन्।

प्रदर्शनका क्रममा हामी यहि छौं, हामी ज्युदै छौं जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ। प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु र निवर्तमान सांसदहरु माइतीघरको प्रदर्शनपछि आजै १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम छ।

निर्वाचन आयोग पुगेर आफु वैधानिक नेकपा भएको र आफुहरूसँग बहुमत रहेको प्रमाणित गर्ने मंगलबार र विहिबार बसेको केन्द्रीय कमिटी बैठकले आयोगमा जाने निर्णय गरेको थियो। त्यस्तै प्रचण्ड–नेपाल पक्षले आजै २ बजे कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको समेत आयोजना गर्दै छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय