इलाममा काँग्रेसको नाराः‘जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपाली कांग्रेस इलाम क्षेत्र नं १ ले संसद् विघटनविरुद्ध आज फिक्कलमा विरोध प्रदर्शन गरेको छ । संसद् विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने कार्यक्रमअनुसार कांग्रेस क्षेत्रिय कार्य समितीले सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा विरोध प्रर्दशनको गरेको हो । फिक्कल चोकबजारबाट सुरु भएकोे विरोध ¥याली बजार परिक्रम गरेर कोण सभामा परिणत भएको थियो ।

विरोध ¥याली पछिको कोणसभालाई नेपाली कांग्रेसका जिल्ला सभापती हिमालय कर्मचार्य सहित क्षेत्रीय सभापती दुर्गा बराल, महासमिती सदस्य बन्दना अधिकारी, महाधिवेशन प्रतिनिधी डम्बर खड्का, जिल्ला कोषाध्यक्ष बिष्णु कार्कीले संम्बोधन गरेका थिए । कार्यक्रमका वक्ताहरुले देश कोरोना विरुद्ध जुधिरहँदा नेकपा सत्ताको लागि आ आफु लड्दा संकट निम्तिएकोमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापती कर्मचार्यले प्रधानमन्त्री ओलीले जनताको जनादेशको अपमान गर्दै लोकतन्त्र माथी प्रहार गरेको आरोप लगाए । उनले भारतको सबैभन्दा ठुलो एजेन्ट प्रधानमन्त्री ओली रहेको बताउँदै उग्रराष्ट्रबादको नारा लगाएर चुनावमा २ तिहाईको बहुमत प्राप्त गरेपनि राष्ट्रपतीलाई प्रभावमा पारेर जनताको मतको अबमुल्य गरेको आरोप लगाए । उनले कोरोनाबाट देशलाई बचाउनुपर्ने अवस्थामा नेकपा भित्रको सत्ता र शक्तिको लडाईका कारण गम्भिर संकट उत्पन्न भएको बताए ।

कार्यक्रममा बोल्दै महासमिती सदस्य बन्दना अधिकारीले ४ जना कम्युनिष्ट प्रधानमन्त्रीले दिन नसेकेको संविधान नेपाली कांग्रेसको नेतृत्वमा दिन सफल भएपनि प्रधानमन्त्रीको गैर संबैधानिक कदमका कारण संकटमा परेको बताइन् । उनले नेपाली कांग्रेसले राष्ट्रपती विद्या भण्डारी जस्तो असक्षम महिलालाई पदमा पु¥याउने चेष्ट गरे मात्र पनि पार्टी संकटमा पर्ने चेतावनी दिइन् । राष्ट्रपतीलाई इङ्गित गर्दै अधिकारीले पद र शक्तिमा हुँदा पनि आफ्नो श्रीमानको हत्यारा पत्ता लगाउने प्रयास सम्म नगर्नु दुर्भाग्य भएको बताइन् ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी डम्बर खड्काले स्विटरजरल्यान्डर बनाउने सपना बाडेर सत्तमा पुगेको नेकपाले भष्ट्रचार, हत्या हिंसा बलात्कार बाहेक समृद्धि दिन नसकेको बताए । उनले स्विटरजरल्यान्डको सपना बाडेर अहिले देश एसियाकै भष्ट्र नेकपा सरकारले बनाएको बताए । स्थीर सरकारको अपेक्षा राखेर २ तिहाईले जिताएको नेकपा अहिले सत्ताको खेलका लागि आन्तरिक रुपमा बाझेर जनमतलाई अबमुल्यन गरेको आरोप लगाए ।

पुर्व प्रधानमन्त्री एवम नेकपाका बरिष्ठ नेता झलनाथ खनाललाई इङ्गित गर्दै खड्काले २६ बर्षसम्म जिताएर पठाएको प्रतिनिधीले २६ किलोमिटर कालोपत्रे, २६ जना भुमिहिन सुकुम्बासीलाई जग्गाको धनीपुर्जा समेत दिलाउन नसेकको बताए ।

जिल्ला कोषाध्यक्ष बिष्णु कार्कीले संसद विघटन र देशलाई अस्थीर बनाउने काम एक्लो केपी ओलीको मात्र नभएको बताए । अहिलेको अवस्था केपी ओलीको कदम मात्र नभई सिंगो नेकपाका कारण निम्ति बताए । उनले भने ‘ नेकपाका साथीहरु भन्छन् यो केपी ओलीको कदम हो । तर हामी मान्न तयार छैनौ । केपी ओली एउटा पात्र मात्र हो । नेकपा अलोकतान्त्रिक र असंवैधानिक पार्टी हो जसको नेतृत्व केपी ओलीले गरेका हुन् ।’ राष्ट्रपतीले जनताको भावनामाथी खेलबाड गर्दै स्वार्थको निम्ति देशलाई संकटमा धकेलेको कार्कीको आरोप छ ।

कार्यक्रम समापन गर्दै क्षेत्रिय सभापती दुर्गा बरालले ७० बर्ष लामो संघर्षपछि आएको अग्रगामी संविधानमाथी कुठाराघात हुँदा नेपाली कांग्रेस चुप लागेर नबस्ने बताए । उनले सम्पुर्ण कार्यकर्ताहरुले नेकपाको अहिलेको कदमको विरोध गर्दै राष्ट्र बचाउन एक ढिक्का हुनुपर्ने बताए ।

कांग्रेसको विरोध प्रदर्शनको कार्यक्रममा गाउँ–गाउँबाट आफना कार्यकर्ता फिक्कलमा उतारेको थियो । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने तय गरेको थियो । सरकार अलोकतान्त्रिक बाटोमा हिड्न खोजेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शनका क्रममा ओलीविरुद्ध चर्का नारासमेत लगाएका छन् । ¥यालीमा सयौको संख्यामा कार्यकर्ताहरु सहभागी भएका थिए ।स्थानिय सन्देश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय