राष्ट्रिय टोपी दिवसको अवसरमा सूर्योदय सामाजिक प्रतिष्ठानद्धारा टोपी वितरण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
  1. फिक्कलःसूर्योदय सामाजिक   प्रातिष्ठान सूर्योदय नगरपालिका वडा नं १० इलामले आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस मनाएको छ। नेपालीको सान,गौरव र प्रतिष्ठा ढाका टोपी भएको भन्दै प्रतिष्ठानले यसदिन हरेकबर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । आज ६० वटा टोपी वितरण गर्दै कार्यक्रम गरिएको हो । संस्थाका उपाध्यक्ष केदारनाथ अर्यालले १४ थान निशुल्क उपलब्ध गराउनुभएको थियो भने बाँकी ४६ थान ढाका टोपी प्रतिष्ठानले वितरण गरेको अध्यक्ष डिल्लि प्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष बुद्धिनाथ बरालले ढाका टोपीको विवेचना गर्नुभयो भने सदस्य कुल प्रसाद ढकालले कार्यक्रमको औचित्य माथी प्रकास पार्दै ढाका टोपीको ऐतिहासिक महत्व सम्बन्धमा चर्चा गर्नुभएको थियो । संस्थाका सदस्य धन कुमार तामाङ्गले स्वागत गर्नुभएको कार्यक्रमलाई सचिव देवि प्रसाद गौतमले संचालन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सूर्योदय नगर उपप्रमुख दुर्गा देवि भट्टराईले आयोजकलाई धन्यवाद दिनुभएको छ । सामाजिक क्षेत्रमा अग्रसर रहेको यस प्रतिष्ठानले नेपालको पहिचान ढाका टोपीको महत्वलाई प्राथमिकता दिईएकोमा उहाँले खुशि ब्यक्त गर्नुभयो ।

विशेष अतिथि गणेश रसिक फाउण्डेसनका संरक्षक गणेश रसिकले समाज कल्याणको क्षेत्रमा प्रतिष्ठान संधै लागिरहोस भन्दै शुभकामना दिनुभएको छ । वि.सं २०७२ सालमा स्थापित सूर्योदय सामाजीक प्रतिष्ठानले छोटो समयमा नै सामाजीक क्षेत्रमा ठुलो फड्को मारेको छ ।

आज देशब्यापी रुपमा विभिन्न संघ संस्थाहरुले छुट्टाछुट्टै कार्यक्रम गरी टोपी दिवस मनाएका हुन्। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा ‘औपचारिक राष्ट्रिय पोशाक दिवस’ मनाएको छ।

प्रतिष्ठानले ‘हाम्रो शान, हाम्रो स्वाभिमान स् राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित २०७० साल पुस १७ गतेदेखि हरेक वर्ष यो दिवस मनाउन थालेको अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिनुभयो । उहाँकाअनुसार बिहान ८ बजे राष्ट्रिय पोशाक दौरासुरुवाल, गुन्यूचोली र राष्ट्रिय भण्डासहित उपस्थित भएर र्‍याली गरी माइतीघर मण्डलामा कोणसभा गरिएको छ।

कोरोना भाइरसको महामारीका कारण कतिपय संघ संस्थाले भर्चुअल माध्यममार्फत अन्तरक्रियायात्मक कार्यक्रम आयोजना गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय