पार्टी एकताको सम्भावना जीवित रहेको वामदेवको तर्क

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका छन्।

राष्ट्रिय सभा सदस्यसमेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन्।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसलाअघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनले बताए। उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान बढाउने पनि बताए।

गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए। एकताको पक्षमा सबै रहेका र देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेको पनि उनले दाबी गरे।थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय