असंवैधानिक कदमको विरुद्ध कार्यक्रम सार्वजनिक गर्दै नेकपा इलामको बैठक सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम, नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामको तेश्रो पुर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला कमिटीका बहुमत सदस्यहरु उपस्थित रहेको बैठकले पार्टी कमिटी परिचालन तथा संघर्ष कार्यक्रम संयोजकको रुपमा भक्त केसीलाई जिम्मेवारी दिएको छ । केसीले पार्टी परिचालनका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध हुने कार्यक्रयको संयोजन गर्नेछन् । कार्यालय व्यवस्थापन समितीमा रणबहादुर राई, उदय राई र जेबी फिलिहाङलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ । आगामी पुष २५ गतेभित्र जिल्लाका सवै पालिकाहरुमा कार्यकर्ता भेला तथा प्रशिक्षणका कार्यक्रमहरु चलाउने निर्णय भएको कार्यालय सदस्य बिजय खम्बुले जानकारी दिए । बैठकले कार्यालय सचिवमा प्रकाश परियार र सोम शर्मालाई नियुक्त गरेको छ ।

नेकपा केन्द्रिय सदस्य एवम प्रदेश सांसद धिरेन्द्र शर्मा रमणको अध्यक्षतामा भएको बैठकमा नेकपा प्रदेश कमिटी सदस्य एवम प्रदेश सांसद खिनु लङ्वा लिम्बु, नेकपा प्रदेश सदस्यहरु उर्मिला तामाङ, मणीकुमार लिम्बु, ध्रुब श्रेष्ठ, नेकपा नेता प्रविन तिमसिना, राम राई लगायतको आतिथ्यता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य शर्माले अहिलेको संसद विघटन असंवैधानिक कदम भएकाले सबैले आआफनो तह र तप्काबाट यसको विरुद्ध संर्घष गर्ने आग्रह गरे । उनले प्रतिगमनका विरुद्ध सबै निष्ठावान कार्यकताहरुले आवाज बुलन्द गर्ने समय आइसकेको बताए । नेकपा प्रदेश कमिटी सदस्य मणीकुमार लिम्बुले नेकपा टुटफुट र विभाजनमा नलागी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए । उनले प्रधानमन्त्रीको असंवैधानिक कदम जनताको जनादेशको अपमान भएकाले सबैले यसको विरुद्ध कदम चाल्नुपर्ने बताए ।
पार्टी कमिटी परिचालन तथा संघर्ष कार्यक्रम संयोजक भक्त केसीले अबको कम्युनिष्ट आन्दोलनको कार्यक्रममा आफ्नो भुमिका महत्वपुर्ण रहने बताए । उनले पार्टीबाट पाएको जिम्मेवारीलाई पुरा गर्दै शसक्त आन्दोलनका लागि आफु कटिवद्ध भएको बताए ।
जिल्ला समन्वय समितीको सभाहलमा भएको बैठक सचिव सोममाया राई सिन्धुले संचालन गरेकी थिइन् । बैठकमा बहुमत जिल्ला कमिटी तथा सचिवालय सदस्यहरुको उपस्थिती रहेको कार्यालय सदस्य खम्बुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय