श्रीकृष्ण प्रणामी युवापरिषद इलाम को आठौं पुर्ण बैठक सम्पन्न भएको छ। परिषद अध्यक्ष शेखर भट्टराईको अध्यक्षता तथा परिषद् प्रदेश न १ का सचिव खगेन्द्र बास्तोलाको प्रमुख आतिथ्यता मा बसेको परिषद्को बैठकमा विभिन्न एजेन्डाहरु माथी छलफल सहित केही महत्वपूर्ण निर्णय गरेको परिषद् उपाध्यक्ष राजु कट्टेलले जानकारी दिनु भयो ।
सम्पन्न बैठकले युवा परिशदको जिल्ला अधिबेशन आगामी जेठ ८ गते गर्ने निर्णय गरेको छ साथै जिल्लाका १४ वटै प्रा।स को आगामी बैशाख १६ गते सम्म पुनर्गठन गर्ने निर्णय गरेको छ ।
यस्तै श्रीकृष्ण प्रणामी युवा परिषदको यस अगाडि देखिनै जारी रहेको धार्मिक संस्था उज्यालो अभियान अन्तर्गत श्रीकृष्ण प्रणामी मन्दीर शिरिसे श्री शिवालय मन्दिर पान्दाम र श्रीकृष्ण प्रणामी मन्दिर ओख्रे इलाममा सोलार बत्ती जडान गर्ने निर्णय गरेको परिषद सचिव राजकुमार दहालले जानकारी दिनुभयो परिषदको बिधान अनुसार जिल्ला कमिटी सदस्यमा दिपेन्द्र आचार्यलाई मनोनित गरेको परिषद कोषाध्यक्ष सिद्वी प्रसाद तिमल्सिनाले जानकारी दिनु भयो ।
श्रीकृष्ण प्रणामी युवा परिषद इलामले धार्मिक मात्र हैन सामाजिक कार्य पनि गर्दै आएको साथै विभिन्न धार्मिक कार्य सामाजिक कार्यमा स्वमसेवक परिचालन बिकृती बिसङगती बिरुद्व जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ यसै बिच कोरोनाको कारण यस्ता कार्य केही सुस्ताएको भए पनि अब यस्ता कार्यलाई पनि तिब्रता दिन निर्णय भएको परिषद् जिल्ला कमिटी सदस्य प्रकाश कट्टेलले जानकारी दिनु भयो ।
आगामी दिनमा सबै प्रा स मा परिषद जिल्ला का पदाधिकारी सहित अग्रज सुन्दरशाथकोसाथ आएर प्रा।स पुनर्गठन र धार्मिक गोष्ठी गर्ने कार्य भएकोले यस्ता कार्यक्रममा सक्रियताका साथ भाग लिन परिषद अध्यक्ष शेखर भट्टराईले सबैमा आग्रह गर्नु भयो ।
यता परिषद प्रदेश न १ का सचिव खगेन्द्र बास्तोलाले परिषद मा आबद्ध युवाहरु आफ्नो आफ्नो काम मा ब्यस्त हुदाहुदै पनि सबै कुरा भुलेर सेवामा खटिने बिगत देखिनै चली आएको ले अब पनि सेवामा धार्मिक कार्यमा लागुपदार्थ दुर्ब्यशन बिक्रिती लगायत अत्य गर्दै समृद्ध समाज निर्माणमा एक जुट हुनुपर्ने बताउनु भयो ।
श्रीकृष्ण प्रणामी मन्दिर फिक्कल मा भएको बैठक मा बिकास पोख्रेल टिएन सापकोटा चन्द्र प्रसाद पौडेल यम राज तिमसीना सन्दिप ढ्काल चेतन प्रसाद गौतम लगायत को बाक्लो उपस्तिथि रहेको थियो ।