फिक्कल,जवरजस्ती करणी गरि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । इलामको रोङ गाउँपालिका वडा नं २ साविक शान्तिपुर ४ बस्ने वर्ष २८ को प्रितम राईलाई लुकिछिपी बसेको अवस्थामा सुनसरीबाट पक्राउ गरिएको इलामका प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिनुभएको छ ।
खोततलास गर्ने क्रममा फागुन १२ गते ईप्रका धरान सुनसरी र अप्रपोष्ट देउराली धरानसंग समन्वय गरी इलाम प्रहरीले पक्राउ गरेको हो । निजलाई २०७२ साल जेष्ठ २१ गते अदालतबाट ५ बर्ष कैद सजाय तोकिएको थियो । वारदात घटाई वारदात पश्चात भागि फरार रहेको फरार अभियुक्तलाई पक्राउ गरेको हो । निजलाई सम्मानित इलाम जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानको लागी बिहिबार नै कारागार कार्यालय इलाममा पठाईएको छ ।



फैसला कार्यन्वयन प्रक्रियालाई तिब्रता दिने अभियान अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई हाल सम्म फरार भई लुकिछिपि बसेका फरार अभियुक्तलाई पक्राउ गर्ने कार्य भई रहेको छ ।