
प्याङ,लोकेन थेबेःलामो समयपछि परेको आकाशे पानीले कृषकलाई राहत पुर्याएको छ । यस बर्ष लामो समय सम्म पानी नपरी जमिन सुखा भएकोले लेकाली आलु , अलैंची मर्दै जान थालेको थियो । पानी नपर्दा जमिन सुख्खा भएकोले मकै छर्ने समय महिना दिन बितिसक्दा अझै पनि मकै छर्न पाएका छैनन्। त्यसकारण लामो समय पछि पानी परेकोले किसानहरू खुशी भएका हुन । यसरी लामो समयपछी पानी परेकोले प्याङका ओङेल शेर्पा र सोयाङका सुमन बेघाको मन खुशीले थाम्न सकेन त्यसैले उनिहरुले खुशिले तुरुन्त सामाजिक संजाल मार्फत यो पानी होइन मोतिको दानाको बर्षात भएको हो भन्दै पोस्ट गरे। बेघाले पानी नपरेकोले खोर्सानी र मकै छर्न पाएका थिएनन् भने शेर्पाले ३० मन भन्दा धेरै बर्खे आलु भिजाउने बेलामा पानीको अभाव थियो ।पानी परे सङै लेखाली किसान हरुको हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बर्खे आलुलाई पुग्दो पानी परेको छ । त्यसैले लेकाली आलु किसानहरु खुशी भएका हुन यो समयमा लेखाली आलुलाई राम्रो सङ पानी पुग्यो र घाम लाग्यो भने राम्रो आलु फल्छ अहिले लेकाली किसानहरू आफुलाई पुग्दो पानी परेकोले खुशिले गदगद भएका छन । यो बर्ष राम्रो आलु पलाएको छ पानीको आवस्यक परेकै समयमा यसरी आकाशे पानी परिदिएकोले खुशी नहुने त को होला र भन्दै खुशी भएका प्याङका बिक्रम थेबेले यो बर्ष धेरै फल्ने अनुमान लगाएका छन।आलु रोपि सकेपछि जंगली जनवार बदेल बाट रातभर जाग्राम बसेर जोगाएको आलु पानीले भिजाउने बेला पानीको अभावमा आकाशे पानी परेकोले प्याङका कुमार बुढाथोकी र यसोदा राइको खुशिको सिमा नै रहेन लेकाली किसानहरुको प्रमुख आयस्रोत नै बर्खे आलु हो ।यो बर्ष बीउ नभएकोले बिगत बर्षको तुलनामा ५० प्रतिशतमात्रै रोपेको बुढाथोकी र राईले आज दिनभरी पानी परेर जमिन पुरै भिजेकोले आलु फल्ने बिस्वासले खुशी भएका छन।त्यस्तै प्याङका सुवास थेबे र नाम्सालिङका योगमान देवानले खोर्सानी रोन्नको लागि बाजो खोलेर महिना दिन अगाडि तयारी अवस्थामा राखेकाता पनि जमिन सुख्खा भएकोले नरोपी बसेका थिए अहिले पानी परेकोले धमाधम खेतला खोजेर खोर्सनी रोपिरहेका छन । उनिहरुले बर्षेनी खोर्सानी बाट लाखौं रुपैया आम्दानी लिरहेका छन।गर्मी सुरुवात हुने बेलामा सोयाङका याद ब लिम्बुले ३० रोपनी क्षेत्रफलमा लगाएको चिया पानी परेकोले केही दिन देखि मुना पलाउन शुरु गर्छ त्यसैले यो बर्ष समयमा नै चियापति टिपेर बेच्न पाउने भएका छन ।बिगत बर्ष असिनापानी आएकोले समयमा चिया पति आउन पाएन र सोचे जस्तो चिया पति टिपेर बेच्न पाएनन ।यो बर्ष चियालाई पुग्दो पानी परेकोले सोचेको जस्तै चिया पति बेच्ने सोचमा छन ।गर्मी सुरु भए सङै पानी परेको रआकाशे पानी सबैलाई आवस्यक परेको थियो ।


