‘यो जुनीमा तिम्रो’मा आकाश र वर्षा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउत फिचर्ड भिडियो ‘यो जुनीमा तिम्रो’ सार्वजनिक भएको छ । गीतमा छवि न्यौपाने र मेलिना राईको स्वर छ । गीतमा गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत छ ।

निकेश खड्का निर्देशित भिडियोमा विवाह गर्ने उमेर पुगेका प्रेमी प्रेमिकाले भोग्नुपर्ने मिलन र विछोडको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा रुपेश खड्काको सम्पादन र बुद्ध थापाको छायांकन छ । एनपी म्यूजिक हवबाट भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय