बालयौन दुराचारविरुद्ध सावधान गराउँदै वर्षा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका वर्षा राउतले बालयौन दुराचारविरुद्ध सावधान गराएकी छिन्। उनले एक सर्ट फिल्ममार्फत यस्तो सावधान गराएकी हुन्।राउतको अभिनय रहेको सर्ट फिल्म सावधान रिलिज भएको छ।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको फिल्मले उत्साहजनक प्रतिक्रिया बटुलिरहेको छ। यसका छोटाछोटा अंश टिकटकलगायतका सामाजिक सञ्जालमा सेयर बढिरहेको छ।दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित फिल्ममा बालयौन दुराचारको विषयलाई उठाइएको छ।

सानी बालिकामाथि आफ्नै नजिकको आफन्तबाट यौन दुव्र्यवहार हुने तर उसको कुरालाई आमाबुबाले राम्रोसँग नसुन्ने प्रसंग फिल्ममा देखाइएको छ। फिल्ममा वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने छोरीको भूमिकामा काव्या अधिकारी देखिन्छिन्।त्यस्तै बुबाको भूमिकामा प्रवीण खतिवडा छन्। आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामीले पनि फिल्ममा अभिनय गरेका छन्।अभिभावकहरुलाई सचेत गराउने उद्देश्यले फिल्म निर्माण गरिएको निर्देशक लामाले बताए।‘हामी आफ्नो छोराछोरीलाई मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिन्छौं, तर उनीहरुमाथि भइरहेको दुव्र्यवहारप्रति भने बेखबर हुनसक्छौं’, लामा भन्छन्, ‘बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको कुरामा सुनुवाइ भएन भने ठूलै दुर्घटना निम्तिन सक्छ।’यो फिल्म बालबालिकासम्बन्धी काम गर्ने कुनै एनजीओले निर्माण गरेको होइन, व्यक्तिगत लगानीबाट बनेको फिल्म हो।

करिब १० मिनेट अवधिको छोटो फिल्म जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्तरूपमा निर्माण गरेका हुन्। ‘घरभित्र हुने यौन दुव्र्यवहारबारे हामी खुलेर कुरा गर्दैनौं, यसले गर्दा पीडकहरु झन् उत्साही हुन सक्छन्। त्यसैले यस्तो विषयमा सबैले खुलेरै चर्चा गरून् भन्ने हाम्रो उद्देश्य हो।’ –निर्मातामध्येका एक फुर्वाले बताइन्। स्क्रिप्ट पढ्नेबित्तिकै कथाले मन छोएको र आफू अभिनय गर्न तयार भएको वर्षाले बताइन्।‘यस्तो संवेदनशील विषयलाई धेरैभन्दा धेरै दर्शकसमक्ष पु¥याउनु कलाकारहरुको कर्तव्य हो।

यो फिल्मले पनि यही उद्देश्य बोकेको छ’, वर्षाको भनाइ छ। शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म काठमाडौंको कपन क्षेत्रमा एकै दिनमा खिचिएको थियो।दर्शकले फिल्ममा समेटिएको सन्देशको प्रशंसा गरिरहेका छन्। बिन्ती नेपाल नामक अनौपचारिक अभियान यही फिल्मबाट शुरू भएको निर्मात्री फुर्वाले अवगत गराइन्। न्युज संजालबाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय