४० वर्ष भारतको जेलमा बसेका दुर्गाप्रसाद स्वदेश आइपुगे

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारतीय जेलमा ४० वर्ष बन्दी जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिना ९दिपक जैसी० आइतबार बिहानै स्वदेश आइपुगेका छन्।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा शनिबार छुटेका दुर्गाप्रसाद नेपाल आइपुगेका हुन्। उनलाई आजै झापामा पत्रकार सम्मेलन गरेर परिवारको जिम्मा लगाईने छ।

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर ९सेन्ट्रल जेल० मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश अनुसार शनिबार छुटेका हुन्।

शारीरिक र मानसिक रुपमा कमजोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपरान्ह अदालतले जेल पठाएको थियो। त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र् रोयले गत बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएका थिए।

अदालतले उनको मानसिक अवस्था ठीक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय