त्रिविविसँगको गुनासो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

गगन ढकालःम एक विद्यार्थी, मेरो कर्म र धर्म दुबै पढ्नु अनि मेरो अधिकार भनेको मैले मुल्याङ्कन हुन पाउनु हो । तर मैले मेरो कर्तव्य पुरा गरेको डेड बर्ष पूरा हुँदा पनि अधिकार भने प्रप्त गर्न सकेको छैन । हुन त अन्यायमा पर्ने म एक्लो भने हैन । नेपालभरिमा म जस्तै अन्यायमा पर्ने लाखौं छन् । मैले हामीलाई अन्याय गर्नेहरुको नाम यदि उल्लेख गरे भने हजुरहरुलाई विश्वास नलाग्न सक्छ । तर, अन्याय सहनु र गर्नु दुबै गलत हो र सत्य बोल्न डराउनु हुँदैन जस्ता महानवाणीद्वारा प्रेरित भएको मैले न्यायका लागि वास्तवमा कहाँ र कसरी कुन माध्यमबाट अन्याय भएको छ व्यक्त गर्द न्यायको माग समेत गर्न यस लेखको सहयोग लिने प्रयास गरेको छु ।

म त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत विद्यार्थी हुँ । तपाईलाई आश्चर्य लाग्न सक्छ, २०७६ सालमा प्रथम वर्षमा भर्ना भएका म जस्तै साथीहरुले अहिलेसम्म पनि स्नातक प्रथम वर्ष मै पढुछु भनेको सुन्दा । तर सत्य यहीँ हो, हामी प्रथम वर्ष मै अध्ययनरत छौँ । हामीलाई पनि २ वर्षसम्म एउटै कक्षामाम पढ्छौँ भन्ने रहर कहाँ हो र १ तर परीक्षा पछि मात्रै कक्षा चढ्ने नियम भएकाले हामी भन्न बाध्य छौं । हामीलाई यो गहन अध्ययन गर्ने समय जुरेको हुन सक्छ तर परीक्षा पद्धति रहेको हाम्रो जस्तो मुलुकमा यसरी परीक्षा नगरी विद्यार्थीको समयलाई अवमूल्यन गर्न कतिको न्यायोचित होला । मैले हजुरहरुलाई बुझाइरहनु पर्छ जस्तो मलाई लाग्दैन । विषेशगरि मेरो गुनासो त्रिविसँग रहेको छ । हाल त्रिविमा प्राध्यापक तथा डीन बन्नु भएको सबैजना कुनै समयको विद्यार्थी तथा हाल अविभावक हुनुभएको होला । हजुरहरुलाई समयको महत्वबारे पक्कै पनि जानकारी नै छ तर हजुरहरुको कार्यव्यभार भने चकित पार्ने किसिमको छ । हजुरहरु जस्तो विद्वान र विवेकशिल व्यक्तित्व रहनुभएको यस विश्वविद्यालय संस्थाले किन लाखौँ विद्यार्थीमाथि अन्याय गरिरहेको छ रु किन विद्यार्थीहरुको समयलाई खेलाचीको रुपमा हेरिरहेको छ रु

हुन त मेरो प्रश्न डिनहरु सम्म पुग्दैन तर आत्मसन्तुष्टि लागि मात्रै भए पनि केही महत्वपूर्ण प्रश्नहरु भने सोध्न आवश्यक ठानेको छु । ती प्रश्नहरुमा मेरो समय माथिको खेलवाड, मलाई गरिएको अन्यायको र मेरो भविष्यमाथि भएको अत्याचारको कारणसहितको उत्तर म जरुर माग्दछु ।

मैले प्रथम वर्षमा भर्ना गर्दा कक्ष ११ मा भर्ना गर्ने भाइ÷बहिनीहरुले ११ को परीक्षा दिनुभयो, १२ मा भर्ना गर्नुभयो र हाल १२ को पनि परीक्षा मिति तोकिएको अवस्था छ, उहाँहरु परीक्षाको तयारीमा जोडतोडले लाग्नुभएको छ । त्यसैगरी यतासँगै प्रथम वर्ष मै काठमाडौँ विश्वविद्यालय भर्ना गर्ने साथीहरुले पनि प्रथम वर्षको परीक्षा दिएर हाल दोस्रो वर्षको समेत आधा पाठ पढिसक्नुभएको छ । ११÷१२ र काठमाडौँ विश्वविद्यालयले परीक्षा गर्दा सम्भव हुने त्रिविलाई के ले छेक्यो रु कि विश्वविद्यालयमा पनि सरकारी काम कहिले जाला घाम भन्ने उखान चरितार्थ भएको हो रु

म एक विद्यार्थी, मेरो कर्म र धर्म दुबै पढ्नु मैले मेरो कर्म पुरा गरेपछि समयमै परीक्षा दिन पाउनुपर्छ कि पर्दैन रु पक्कै पनि पाउनु पर्छ मैले ठीक समयमा परीक्षा लेख्न पाउनुपर्छ । मलाई थाहा छ तपाईहरु आफ्नो लापरबाहीको जिम्मेवारी कोरोना र लकडाउनलाई लगाउनु हुन्छ तर कोरोना र लकडाउन सबैलाई लागेको थियो । कसैको परीक्षा समयमै हुने कसैको नहुने यो लापरबाही र भविष्यमाथिको खेलवाड हो कि हैन रु

कृपया कसैले पनि मैले यो लेख बिरोधका लागि लेखेको नसोचिदिनुहोला । मैले यो लेख त्रिविको लापरवाहीलाई प्रस्तुत गर्ने प्रयासका लागि लेखेको हुँ । हुन सक्छ त्रिविको कार्यक्षेत्र र जिम्मेवारी व्यापक होला, यसले धेरै तहको परीक्षा गर्नु पर्दा ढिलाई भएको तर समय भन्दा नौ महिना ढिलो हुनु कुनै सामान्य कुरा भने होइन । यहाँ धेरै विद्यार्थीहरुको मानसिक अवस्थामा नै असर आउने सम्भावना देखिन्छ । मैले पनि कुनै असर बिनाको सामान्य मानसिक अवस्थामा यो लेख्ने प्रयास गरेको होइन । लामो समयसम्म पनि परिक्षा फारम सम्म पनि भर्न नपाएको भडास र डिप्रेसनको कारण यो सानो प्रयास मात्र गरेको हुँ । लाग्न सक्छ हजुरहरुलाई परीक्षा नहुदा के को डिप्रेसन हुनु केटाकेटी बरु पढ्न पर्दैन भनेर खुशी हुन्छन् भनेर तर यो धारणा मलाई गलत लाग्छ । यदि कोही परीक्षा दिन नपर्दा खुशी हुन्छ भने उ विद्यार्थी हैन किनकि विद्यार्थीलाई आफ्नो समय र भविष्यको धेरै चिन्ता हुन्छ । मेरो सम्पूर्ण प्रयासको केन्द्रबिन्दु भनेको चाँडो भन्दा चाँडो परीक्षा होस् हो । त्रिविले आफुलाई सच्चाएर द्रुतगतिमा कार्य गरोस् भन्ने हो र चाडो भन्दा चाडो परीक्षा लेख्न पाउँ भन्ने निवेदन पनि हो । हामी परीक्षा लेख्न तयार छौँ । त्रिवि परीक्षा गर । लोकतन्त्र पोष्टले गत चैत्र ६ गते प्रकाशन गरेको गगन ढकालको लेख साभार ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय