वायु प्रदुषणका कारण २० गतेसम्म देशभरका विद्यालय बन्द

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सरकारले चार दिनका लागि देशभरका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार शिक्षा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द हुनेछन् । केही दिनदेखि तुवाँलोको कारण काठमाडौं लगायतका स्थानमा वायु प्रदुषण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय