इलामको कुटिडाँडास्थित पाथीभरा मन्दिर परिसरमा सरसफाइ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धड्कन शर्मा,फिक्कलःमेची महाकाली सफाइ अभियानको आयोजनामा इलामको कुटिडाँडास्थित पाथीभरा मन्दिर परिसरमा सरसफाइ साथै डस्विन हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । स्व्च्छ सफा नेपाल हाम्रो अभियान भन्ने मुल नारा बोकेर देशब्यापी हिडेको मेची महाकाली सफाइ अभियानले पाथीभरा परिसरमा सफाइ गर्नुको साथै १५ थान डस्विन हस्तान्तरण कार्यक्रम सप्पन्न गरेको अभियानका अगुवा बिष्णु आचार्यले जानकारी दिनु भयो। कार्यक्रममा नेपाल प्रहरी ,बिर्तामोड सर सफाइ अभियान ,नेप्लिज टिन्स ,शैशव मन्च जिल्ला समिति झापा,अर्जुनधारा सफाइ अभियान ,हाम्रो अभियान साथै स्थानीयबासिको उल्लेखनीय सहभागीता रहेको थियो ।अभियानले देशब्यापी रुपमा सकारात्मक मनहरुलाइ जोड्ने क्रम जारी रहेको जनाउँदै जताभाबी रुपमा फोहोर फाल्नाले प्राकृतिक सुन्दरतामा कमि आइरहेकोले आगामी दिनहरुमा सहयोगि हातहरुले साथ दिन आग्रह गरेको छ। बिगत ५ बर्ष देखि निरन्तर सफाइ अभियानमा जुटेको समुहले यश अघि कन्याम , श्रीअन्तुमा समेत कार्यक्रम सम्पन्न गरिसकेको छ ।कोरोनाको कहर संगै पछिल्लो समय इलामको कन्याम अन्तु लगायतमा घुम्न आउने पर्यटनको संख्यामा उल्लेख्य भए पनि पर्याप्त पुर्बधारको कमिले फोहोर मैला ब्यबस्थापनमा केही समस्या झेल्नु परेको छ अभियानले यसै समस्यालाई ध्यानमा राखेर सरसफाइ कार्यक्रमलाई अघि बढाइएको मेची महाकाली अभियानका अभियन्ता बिष्णु आचार्यले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय