सौतेनी आमा बलात्कार गर्ने इलामका एक पुरुषलाई जन्मकैदको फैसला

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम ,इलामका २३ वर्षीय एक पुरुषलाई त्रिसट्ठी वर्षीया सौतेनी आमा बलात्कार गरेको आरोपमा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । चैत १२ गते जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभयो ।

गत भाद्र ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिनुभएको छ । भाद्र ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई भाद्र १० गते प्रहरीले गिरफ्तार गरेको थियो भने पीडितको गत भाद्र ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय