कतार गएका श्रीमान् पाँच वर्षदेखि बेपत्ता, गुहार माग्दै पत्रकारसमक्ष

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा,दक्षिणी झापाको कचनकवल गाउँपालिका ६ स्थित बनियानी निवासी ४८ वर्षीय सागर उप्रेती २०७२ साल मङ्सिर ९ गते वैदेशिक रोजगारीका लागि कतार उडेका थिए।

आर्थिक अवस्था कमजोर उप्रेती स्वदेशको रोजगारी छाडेर खाडी गए। तर परिवारको खुसीसँगै पैसा कमाउन कतार गएका उप्रेती वर्षौंदेखि बेपत्ता छन्। उनीसँग परिवारको हालसम्म सम्पर्क हुन सकेको छैन। श्रीमानको खोजीका लागि प्रहरी प्रशासन तथा राज्यसँग पटक पटक गुहार मागेकी उनकी श्रीमती रामकुमारी उप्रेती अनन्तः पत्रकारसमक्ष आइपुगेकी छन्।

बिर्तामोडस्थित रिपोट्र्स क्लबमा शनिवार पत्रकार सम्मेलनमा सागरकी श्रीमती राजकुमारीले रुँदै भनिन्, ‘श्रीमानको खोजीका लागि म र मेरा परिवार कहाँ पुगिनँ, तर अहिलेसम्म न्याय पाउन सकिनँ, श्रीमान् बाचेको छ कि मरिसक्यो त्यो पनि हामीलाई थाहा छैन,ु उनले भनिन्, ‘जे भए नि श्रीमानको खोजी गरिदिनुपर्यो।’

‘विवाह भएको ९ महिनापछि नै उहाँ विदेश जानुभयो, हाम्रो छोराछोरी पनि छैन, म कसको लागि यो संसारमा अब बाँचू, अब तपाईं पत्रकारहरूले नै मेरो श्रीमानको खोजी कार्यमा सहयोग पुराइदिनुपर्यो,ु उनले भनिन।

त्यस्तै सागरका बुवा प्रेमप्रसादले छोराको खोजीका लागि रात दिन दौडधुप गरिरहे पनि छोरा फेला नपरेको दुःख बिसाए। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा २०७६ साल कार्तिक १० गते ८ बजेर ५७ मिनेटमा छोरा नेपाल प्रवेश गरेको रेकर्ड देखिएको छ,उनले भने, ‘नेपाल आएको रेकर्ड देखिए पनि छोरा अझै परिवारको सम्पर्क आएको छैन।’

सागर बिर्तामोडस्थित एक्टिभ एजेन्ट म्यानपावरबाट कतार गएका थिए। उनका परिवारजनले प्रहरी प्रशासनमा पटक पटक निवेदन दिँदा पनि चासो नदेखाएको र म्यानपावर कम्पनीले पनि बेवास्ता गरेको कारण उनको खोजी कार्यमा ढिलासुस्ती भएको हो। सागरको खोजी गरिदिन्छु भन्दै म्यानपावरले समेत झुटो आश्वासन देखाएकोले मिडियाको सहयोग लिन आइपुगेको उनका मामा तुलसी मैनालीले बताए। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय