
गोपाल गिरी,कन्यामःईन्द्र कमलको फूलमा दाग लाग्ला हैै,तिमी सँग जिन्दगीमा ज्यून मात्रै पाए मलाई, झन्डै २०वर्ष अगाडि कन्यामका प्राय घरहरुमा गुन्जने एउटा कर्णप्रिय स्वर जो फुल्न र फक्रन नपाउँदै कोपिला मै हुरीले उडाए झैँ गरि एकाएक अलप भयो ।
स्कुल तथा विभिन्न संस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा गीत गाउँदा गाउँदै बिद्यालय का शिक्षक ,शुभेच्छुक साथीभाईको प्रेरणा ले २०५६ सालमा श्रोता माझ अनुराग एल्बम पस्केर सबैको मनमा छाएका उनै गायक सन्तोष शीवा फेरि संगीतमा फर्किएका छन् ।



ईलामले जन्माएका धेरै संगितकर्मीहरु राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाई गीत संगीतको यात्रामा निरन्तर लागिरहेका छन् ।
२०५० देखि २०६२ सम्मको एउटा कालखण्ड लाई नेपाली आधुनिक गीत संगीतको स्वर्णिम काल मानिएको परिपेक्षमा सन्तोषले पनि संगीत यात्राको क्रममा कन्दरामा छिना हानेर संगीतको मार्ग फराकिलो पार्न सक्ने थिए ।
मानिसको जीवनमा आईपर्ने विवस्ता र वाध्यताहरुले जेलेपछि कस्को के लाग्छ ररु रेडियो नेपालमा स्वर परीक्षा उत्रीर्ण गरेका कलाकार भएपनि आई परेको जिम्मेवारी ले उनको सांगीतिक पाटो ओझेलिन पुग्यो फलस्वरूप सबै को मानषपटल बाट उनी हराउदै गए व्यापार व्यावसायको शिलशिलामा कन्याम नै छोड्न परे पछि कहाँ होलान् सन्तोष कसैले अत्तोपत्तो पाएनन् ।
भन्न त गीतमै भनेका थिए न तिमी लाई पाउन सक्छु न तिमी लाई भूल्न सक्छु न चिठी लेख्न सक्छुु। गीतमा आफ्नो प्रेमिका लाई भूल्न नसकेका उनलाई पनि संगीत प्रेमीहरुले पनि भूलिहालेका थिएनन् । स्थानीय स्तरमा खुलेको एफ एम रेडियोहरुले फाट्टफुट्ट उनको गीत बजाउने गरेकै थिए ।
चुडामणि पौडेलको शब्द रचना तथा आफ्नै स्वर संगीतमा हुरहुरेको चिसो हावाले बोलको गीत रेकर्ड गराई सांगीतिक जीवनमा फर्केका उनलाई एकपछि अर्को गीत रेकर्ड गराउन भ्याई न भ्याई छ।
पेशाले अटो रिक्सा चालक रहेका उन्ले गीतकार चुडामणि पौडेलको शब्द रचना तथा बरिस्ठ संगीतकार टीका भण्डारीको संगीतमा,ए कान्छी देउ न नि माया भिक्षामा घुमाउन लैजान्छु अटो रिक्सामा ूबोलको गीतको म्युजिक भिडियो समेत बजारमा आईसकेको छ ।
उक्त म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी तथा बन्दना आचार्यको अभिनय देख्न सकिन्छ ।