मंगोल नेशनल अर्गनाइजेसनको १४औ जिल्ला अधिवेसन स्थगित

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कल,मंगोल नेशनल अर्गनाइजेसनको १४औ जिल्ला अधिवेसन स्थगित भएको छ । यहि वैशाख २३ र २४ गते हुने भनिएको मंगोल नेशनल अर्गनाइजेसन इलामको १४औ जिल्ला अधिवेसन मुल आयोजक सभा कोरोना भाईरसका कारण स्थगित भएको हो ।

१४औ जिल्ला अधिवेसन मुल आयोजक सभा इलामका संयोजक प्रेम कुमार तामाङ्गद्धारा हस्ताक्षरित विज्ञप्तिमा कोबिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लाबासीलाई स्वास्थ सतर्कता अपनाउन आग्रह गर्दै २५ जना भन्दा बढी भिडभाड नगर्न निर्देशन जारी गरेकाले अर्को सुचना प्रकाशित नहुन्जेल सम्म कार्यक्रम स्थगित गरिएको जनाईएको छ ।

कोबिड १९ मा आम समुदायले पालन गर्नुपर्ने नियमहरु पनि संकट व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको हुँदा स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिँदै कार्यक्रम स्थगित गरिएको मंगोल नेशनल अर्गनाइजेसन सूर्योदय नगरपालिकाका अध्यक्ष विराज तामाङ्गले बताउनुभएको छ ।

कोरोना नियन्त्रणका लागि जिल्लामा कडाई

कारोना रोगको दोस्रो चरण फैलिएसँगै इलाममा स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादूर खड्काको अध्यक्षतामा बसेको कोबिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लाबासीलाई स्वास्थ सतर्कता अपनाउन आग्रह गरेको हो ।
बिहिबार बसेको बैठकले बैशाख मसान्तसम्म हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशाला दर्शक सहित हुने खेलकुद र मानिसहरुको भिडभाड हुने काम नगर्ने निर्णय गरेको छ । बैठकले मठ, मन्दिर, मस्जित, गुम्बा र चर्च लगायतका धार्मिस्थलमा स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै पुजा अर्चना गर्नुपर्ने निर्णय गरेको हो ।
जिल्लामा सार्वजनिक यातायातका साधन संचालन गर्दा सित्रको मात्रा अनुसार यात्रु चढाउने, माक्स अनिवार्य गर्ने, सेनिटाइजरको व्यवस्था गर्ने, चालक र सह–चालकले माक्स तथा भाइजर प्रयोग गर्नुपर्ने, माक्स नल्याएमा १० रुपैयाँ लिएर माक्स प्रदान गर्ने, लामो दुरीको सवारीसाधनमा बिचबाटोमा यात्रु नचढाउने र अनिवार्य यात्रुको बिबरण जिल्ला कोबिड १९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी दिनुपर्ने बैठकले निर्णय गरेको छ ।
सार्वजनीक निकायहरु र व्यवसाय संचालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालन गरि मात्रै संचालन गर्ने र सार्वजनिक निकाय तथा पसलमा आउने व्यक्तिले अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने बैठकले निर्णय गरेको हो । त्यस्तै होटल र रेष्टुरेन्टहरु बिहान ८ बजेबाट बेलुकी आठ बजेसम्म मात्रै संचालन गर्न दिने र कामदारले अनिवार्य रुपमा माक्सको प्रयोग गर्नुपर्ने बैठकको निर्णय रहेको छ ।
कोबिड १९ मा आम समुदायले पालन गर्नुपर्ने नियमहरु पनि संकट व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको छ ।केन्द्रले जरुरी परेमात्रै सर्वसाधारणलाई घर बाहिर निस्कन आग्रह गरको छ । बैठकले स्थानीय तहहरुलाई १५ बढेको अस्पतालसँग संझौता गरि कोरोना भाइरस पोजेटिभ भएका व्यक्तिहरुको उपचार गर्न आग्रह गरेको छ । जिल्ला समन्वय प्रमुख गणेश प्रसाद बराल र इलाम नगरपालिका प्रमुख महेश बस्नेत सल्लाहाकार रहेको संकट व्यवस्थापन केन्द्रमा साहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई, जिल्ला समन्वय अधिकारी हरिप्रसाद दाहाल, प्रमुख सेनानी प्रभात थापा, नेपाल प्रहरीका एसपि नविनराई राई, शसस्त्र प्रहरीका एसपि सुधिरजंङ्ग थापा, प्रमुख अनुसन्धान अधिकृत पुष्पनारायण दाहाल र जिल्ला अस्पताल इलामका मेडिकल सुपरिटेन्डेन प्रभु साह रहेका छन् ।

निर्देशन बिपरीतका कार्यक्रम जताततै संचालन

कोबिड १९ संकट व्यवस्थापन केन्द्र इलामले भिडभाड हुँने कार्यक्रम रोक्न निर्देशन दिए पनि त्यसको बिपरीतका कार्यक्रम जताततै संचालन भैरहेका छन् । जिल्लाका हाटबजारमा कुनै प्रकारका स्वास्थ्य सर्तकता अपनाईएको पाईएको छैन । बिभिन्न स्थानमा फुटबल प्रतियोगिता संचालन भैरहेका छन । यसरी आयोजना गरिएका प्रतियोगितामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाईएको छैन । हजारौको भिडभाड भए पनि कोभिडको जोखीमलाई ध्यान दिइएको छैन । बिवाह जस्ता धार्मीक कार्यमा अनुमति लिएर २५ जना भन्दा बढी भेलाहुँन नपाईने भनीए पनि अनुमति लिनु त परैको कुरा सयौको संख्यामा भिडभाड भैरहेको छ । अनुगमन र नियमन नहुँदा कोबिड १९ संकट व्यवस्थापन केन्द्र इलामको निर्णय बिपरीतका कार्य बढेको पाईएको छ । कतिपय पालिकाहरुले समेत औपचारीक कार्यक्रम गरेर अनावश्यक भिड्भाड गरिरहेका छन् । सूर्योदय नगरपालिकाको पशुपतिनगरमा भने कोभिड बढ्न सक्ने भएपछि सीमानामा उच्च सुरक्षा सर्तकता अपनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय