
गोबिन्द पौडेल,रोङः छिमेकी देश भारतमा कोरोनाको संक्रमण बिश्वकै उच्च बनेको बेला सिमाना जोडिने इलामको रोङ गाउँपालिका वडा नं ६ लाई भने न्युन जोखिमको मानिने गरेको छ । गाउँपालिकाको अन्य सबै वडाका शिक्षकहरुले कोरोनाको खोप पाउँदा भारतसँग १२ किलोमिटर खुल्ला सिमाना रहेको रोङ ६ को जिर्मलेका शिक्षकहरुले खोप नपाउदा गाउँपालिका स्वास्थ्य शाखाको सुचिमा नै वडा नं ६ कम जोखिममा परेको हो ।
गाउँपालिकामा ६५ बर्ष माथिका नागरिकहरुको लागि आएको खोप सबै वडामा बितरण गरिएको थियो । एक भाइरल खोपमा १० डोज रहने र खोलिएको खोप नास गराउनु भन्दा अग्र पंक्तिमा काम गरेका शक्षिकहरुलाई दिइएको रोङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र देबले बताए । जस अनुसार वडा नं ५,४,३,२ का शिक्षकहरुलाई पहिलो र दोश्रो खोपको मात्रा लगाइएको शिक्षकहरुले नै बताएका छन । गाउँपालिकामा उस्तै गरेर काम गर्ने रोङ ६ का शिक्षहरुको लागि भने बिभेद गरिएको छ । वडामा १६ भाइरल खोप आएको ६५ बर्ष माथिकालाई भनिएको भएपनि वडा स्वास्थ्य चौकिमा चासो राखेर जो जो आउछन्, उनिहरुलाइ मात्र लगाईएको छ । जसमा १४ भाइरल खोप खर्च गरि बाँकी २ भाइरल खोप वडा नं ५ इरौटारलाई दिएको रोङ ६ का स्वास्थ्य शाखा इन्चार्ज तथा वडा सचिव खगेन्द्र खतिवडाले बताए । आफुले माथिको निर्देशन अनुसार नै कसैलाइ पनि खोप लगाउन नबोलाएको हास्यास्पद जवाफ दिए । यता रोङ ६का शिक्षहरुले भने आफुहरुलाई रोङ गाउँपालिका भित्रपनि भिन्नै दर्जाको शिक्षकको रुपमा हेरिने गरेको महसुस गरेका छन ।
रोङ गाउँपालिका शिक्षा शाखाले भने बढ्दो कोरोनाको जोखिम ब्यवस्थापन गर्न सबै बिद्यालयहरुको बार्षिक परीक्षा यही बैशाख १५ बाट संचालन गर्ने निर्णय गरिसकेको छ । स्मरणिय कुरा के छ भने, रोङमा पहिलो कोरोना संक्रमित वडा नं ६ कै नागरिक रहेका थिए भने अहिले पनि यहाँका नागरिकहरु भारतको नक्शालबाढीको बजारमा आवात जावत गरिरहेका छन् ।


