इलाम,प्रहरीले सक्रियता बढाएसंगै इलाममा धमाधम हराएको मोटरसाइकल फेला पर्न थालेका छन् । प्रहरीले अभियान नै चलाएर कार्यक्रम अघि बढाएपछि पछिल्लो ३ महिनामा मात्रै २० वटा चोरीको मोटसाइकल पक्राउ गरेको हो । पक्राउ गरिएका मध्ये ११ वटा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा र ५ वटा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पशुपतिनगर पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
त्यसैगरी २ वटा सवारीधनीलाई जिम्मा लगाइएको छ । बाँकी २ वटा जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । प्रहरीले चालु बैशाख महिनामा मात्रै ७ वटा मोटरसाइकल र चोरीमा संलग्न व्यक्तिहरु पक्राउ गरेको छ । तराईको बिभिन्न जिल्लाबाट चोरी गरी ल्याई इलामको ग्रामीण भेगहरुमा चलाइरहेको अवस्थामा प्रहरीले मोटरसाइकल फेला पारेको हो ।
पक्राउ पर्नेमा गुल्मी जिल्ला मुसिकोट नगरपालिका–४ घर भई हाल दमक नगरपालिका–५ हरिओम कोलोनी टोल बस्ने २४ बर्षिय हसाङ मगर र ताप्लेजुङ जिल्ला त्रिबेणी गाँउपालिका–२ घर भई हरीओम कोलोनी टोल बस्ने १९ बर्षिय आकाश लिम्बु रहेका छन् ।
निजहरुलाई बैशाख १२ गते माई नगरपालिका–४ सुखानीबाट प्रहरीले चोरीका मोटरसाईकल सहित पक्राउ गरेको थियो । पक्राउ परेका मानिस र छ वटा मोटरसाइकलको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले निम्न विवरणका मोटर साइकलका धनी फेला नपरेकाले मोटर साइकल धनीलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।