भारतबाट हटीयाका लागी आएका ब्यपारीलाई फिक्कलबाट फर्काइयो

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,सूर्योदय नगरपालिकाको फिक्कल बजारमा बिहीबारे हटीयाका लागि भारतको सुकीयाबाट आएका ब्यपारीलाई फर्काईएको छ । सूर्योदय नगरपालिकाले हिजै एक सूचना जारी गरी कोरोना नियन्त्रणका लागि तत्काल हाटबजार बन्द गर्ने जनाए पनि एका बिहानै बजारमा सामान लिएर सुकीयाबाट फिक्कल आएपछि ब्यपारीलाई उतै फर्काईएको हो ।

बिहानै पशुपतिनगर हुँदै फिक्क्ल आएर सामान फिजाउन लागेका ब्यपारीलाई सरोकारवालाले फर्काएका हुँन । भारतीय ब्यपारीले सामान फिजाउन लागेपछि सूर्योदय नगरपालिका वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामा, सूर्योदय उद्योग बाणिज्य संघका महासचिव राजन प्रधान , प्रहरी र नगर प्रहरीको सक्रियतामा फर्काईएको छ । स्थानीय प्रशासनले बजार बन्द भन्ने थाहा नपाएर ब्यपारी आएको जनाएको छ ।

वडाध्यक्ष लामाले बजार पूर्ण रुपमा बन्द गरिने जानकारी दिनु भयो । सूर्योदय उद्योग बाणिज्य संघका महासचिव प्रधानले भारतीय ब्यपारी यसरी आउदा कोरोना फैलन सक्ने भएकाले स्थानीय प्रशासनले आवातजावातमा कडाई गर्नु पर्ने बताउनु भयो ।
सूर्योदय उद्योग बाणिज्य संघले नगरले हाटबजार बन्द गर्न गरेको निर्णयलाई पालना गरी सहयोग गर्न अनुरोध गरेको छ । संघले कोरोना नियन्त्रणका लागि ब्यपारीलाई सजग हुँन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय