इलाम,इलामे गायक रगुन गुरुङ र मेलिना राईको स्वरमा नयाँ गीत ‘आफ्नोपन’ सार्वजनिक भएको छ । विपिन किरणको शब्द, नारायण सुवेदीको कम्पोज र फणिन्द्र राईको एरेन्जमा तयार भएको गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियोमा नवीनराज शिवभक्ति र सविता अधिकारीले मुख्य अभिनय गरेका छन् । भिडियोको निर्देशन नवीनराज शिवभक्तिले नै गरेका हुन् । गायक समेत रहेका नवीनराजले म्यूजिक भिडियोको निर्देशनमा आफ्नो कौशल देखाएका छन् ।



रोशन कार्कीको सिनेम्याटोग्राफीको उक्त भिडियोलाई प्रेम बलामपाकीले एडिट गरेका हुन् । गितको रेकर्डिङमा राजेश र साजनको भूमिका छ भने मिक्सिङमा किशोर थापाले काम गरेका छन् । म्युजिक भिडियाको सुटिङ जापानमा गरिएको छ ।
सूर्योदय नगरपालिकाको बरबोटे स्थायी बसोबास रहेका गायक गुरुङका दर्जनौ गीत यस अघि नै बजारमा आई सकेका छन् । गुरुङ शिक्षा क्षेत्रमा समेत संलग्न रहि स्थानीय स्तरबाट गीत संगीतमा निरन्तर संक्रिय रहदै आएका छन् ।
https://www.youtube.com/watch?v=iNxFeRmOEU4

