गजलःगोपाल गिरी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सरकार मदहोस जनता आजित जताततै कोरोना कहर छ
छरपस्ट छन् मृत देहहरु भयानक
दृश्य लासको लहर छ।

छैन पीर,चिन्ता क्यै पद,कुर्सी मात्रै ठूलो
त्रासदी मा ज्यून विवस रितिएको
शून्य शून्य शहर छ।

तडपिरहे कति यहाँ नपाई उपचार
सहारा कसै बाट
चूनौती झेल्दै लिई साहस बाचिदिने ठूलो रहर छ।

सन्तापले जल्ने मुटु तृष्णा रुमलिरहेकै छ अझै पनि
पीर बेदना भूलाउने कहाँ अचूक त्यस्तो
कठोर जहर छ।

बाँच्नु अनि बचाउनु पर्छ आफू आफू सचेत भई अब
भोलि वैली झर्ने जिन्दगीको यहि
एउटा दरिलो ठहर छ ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय