समस्यामा परेकालाई उद्धार गर्न सूर्योदयका एक युवाद्धारा निशुल्क सवारी उपलब्ध

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,निशेधाज्ञाको समयमा यातायात ठप्प हुँदा समस्यामा परेका नागरीकका लागी सूर्योदय नगरपालिका एक युवाले निशुल्क सवारी उपलब्ध गराएका छन् ।

सूर्योदय नगरपालिका वडा नं ८ शान्तिचोक निवासी प्रविन न्यौपानेले वैशाख २८ बाट जेठ २८ सम्म एक महिनाका लागि सेवा दिने बताएका हुन् ।

सूर्योदय नगर क्षेत्रका सुत्केरी महिला, बालबालिका, वृद्धवृद्धा, लगायत विरामी वर्गलाई अस्पताल जान तथा अत्यावश्यक कामका लागी आवातजावतमा समस्या भए ९८६०२८२८६९ मा सम्पर्क गर्न सकिने उनले बताए ।

यातायात अभावमा यतिबेला थुप्रै मानिसहरु अस्पताल जान नसकिरहेका बेला नागरिकको सहजताका लागी मारुति भेन २४ घन्टा उपलब्ध गराउने निधो गरेको न्यौपानेले जनाएका हुन् ।

उनि भन्छन्,‘देशका अधिकांश जिल्लामा निशेधाज्ञा छ । आवत जावत बन्द छ । सबैलाई कोरोनाबाट जोगिएर सुन्दर भविष्य बचाउनु छ । महामारीको संत्रासका कारण मानिसहरु घरभित्रै छन् । यातायात ठप्प भएको यस्तो परिस्थितिमा अत्यावश्यक काम परेमा यात्रा गर्न सवारी भटिदैनन् । यहि कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने मेरो प्रयास हो । समस्या परेमा सबैले अफ्ठ्यारो नमानी सम्पर्क गर्नुहोला । मैले सेवाका लागी भनि भेनमा स्टिकर टाँस गरिसकेको छु ।’

नेपाल प्रहरीमा ४ बर्ष सेवा गरी पुन यातायात ब्यवसायमा लागेका २९ बर्षिय न्यौपानेको यो निर्णय कठिनसमयका लागी उदाहरणिय बनेको छ । फिक्कलबाट हवल्दारमा बढुवा भई सोलु प्रहरी कार्यलयमा सरुवा भएपछि पारिवारिक छहारीमा रहन जागीर छोडेर यातायात ब्यवसाय शुरु गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय