इलाममा एचडियु सहितको कोरोना अस्पताल संचालनमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम, इलाम अस्पतालले मंगलबारदेखि एचडियु सञ्चालन गरेको छ ।दुई वटा एचडियुरआइसीयु ९हाइडिफेन्सी युनिटरइन्टेन्सिभ केयर युनिट० को दुई बेडसहितको कोरोनाको उपचार सेवा शुरु भएको हो। हाल आइसोलेशन रहेको जिल्ला समन्वय समितिको नयाँ भवनमा अस्पताल सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले जानकारी दिए ।

एचडियु र आइसियूसहित ४२ बेडको कोरोना अस्पताल शुरु गरिएको पनि उनले बताए । एचडियु सञ्चालन र अन्य सेवाका लागि जनशक्ति अभाव रहेको छ । तत्कालका लागि मौजुदा जनशक्तिले सञ्चालन गर्दै गर्ने र थप जनशक्तिका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग अनुरोध गरिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए । यसरी नै कोभिड अस्पताललाई आवश्यक पर्ने अक्सिजन लगायतका इक्यूपमेन्ट टेकुस्थित स्वास्थ्य सेवा विभागसँग माग गरिएको पनि उनले बताए ।

अस्पतालले अक्सिजन सिलिण्डर ९ठूलो० १०० थान, अक्सिजन कन्सन्ट्रेटर १० थान, प्यासेन्ट मोनिटर १० थान, पल्स अक्सिमिटर २० थान, एम्बु ब्याग ९एडल्ट० १० थान, एन्टिजेन टेस्ट किट ५०० थान, भेन्टर मास्क १० थान, पीपीई सेट १००० थान र मास्क, पञ्जा, सेनिटाइजरको माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय