कोरोना नियन्त्रणमा जारी निर्णय पालना गर्न अपिल

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,कोरोना भाईरस नियन्त्रण तथा रोकथामका निम्ति सूर्योदय नगरपालिका वडा नं ८ ले विभिन्न निर्णय गरेको छ । वडा विपत ब्यवस्थापन समिति संयोजक रमेश प्रधानको अध्यक्षता, वडाध्यक्ष सुबास राईको प्रमुख आतिथ्यता एवम् वडा समिति र टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थितिमा शुक्रबार बैठक बसेको थियो । उक्त बैठकले निर्णय गरेअनुसार,खाद्यान्न,चिया,निर्माण सामाग्री र तरकारी ढुवानीका सम्पुर्ण सवारी बन्द हु्नेछ । खाद्यान्नको अभाव भएमा टोल स्तरिय स्वास्थ्य सुरक्षा समितिसंग समन्वय गर्न वडाबासिलाई आग्रह गरिएको छ । स्वास्थ्यका सम्पुर्ण मापदण्ड पालनागरि दुध संकलन गर्न पाईने,जुवातास तथा मदिरा पुर्ण रुपमा बन्द,अपरिचित ब्यक्तिको प्रवेशमा सोधखोज,आफ्नो बडाबाट अर्को वडामा जाँदा टोल स्वास्थ्य सुरक्षा समिति संग समन्वय गर्ने,ब्यक्तिगत निर्माणका कार्य बन्द गरिएपनि निर्माणाधिन कामको हकमा भने टोल स्वास्थ्य सुरक्षा समिति को निगरानीमा स्थानिय मजदुरले काम गर्ने गराउने लगायत निर्णय गरिएको छ । उक्त निर्णय जेठ ८ बाट जेठ १५ सम्म लागु हुने वडाले बताएको छ । वडाले जारी गरेका विभिन्न निर्णयहरु अनिवार्य पालना गर्न गराउन आग्रह गर्दै उल्लङ्गन भए कानुन बमोजिम कार्बाही गरिने वडाध्यक्ष सुबास राईले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय