
काठमाडौं,नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीमा कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा नपुर्याउने बताएका छन्। एमालेको राजनीतिलाई सही दिशा र गन्तव्यमा पुर्याउनका लागि धैर्य गरेर संवाद थाल्न पनि उनले नेतृत्वलाई सुझाव दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि। पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौ, संवाद गरौ।‘



पछिल्लो राजनीतिक गतिविधिमा पार्टी हितविपरीत कार्य गरेको भन्दै माधव नेपाललगायत उनी पक्षका ११ सांसदहरूलाई एमालेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधिसकेको छ। माधव नेपाल पक्षका २६ सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार बनाउन सहयोग गर्नुको सट्टा विपक्ष दलसँग हस्ताक्षर गरेका छन्।थाहाखबरबाट