सन्दकपुरमा समेत पुग्यो कोभिड संक्रमण

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ९,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सन्दकपुर,इलामको सन्दकपुर गाउँपालिकामा समेत कोरोनाको संक्रमण देखिएको छ । हाल ३ जनामा संक्रमण देखिएको छ । आज वडा नं १ को माइपोखरीमा गरिएको एन्टिजेन परिक्षणमा २ जना महिलामा संक्रमण देखिएको हो । गाउँपालिकाले कोभिड–१९ को लक्षणसंग मिल्दो जुल्दो लक्षण भएका तथा संक्रमितहरुसँग सम्पर्कमा आएका २ जना महिला र ३ जना पुरुषको परिक्षण गरेको थियो ।

२ जना होम आइसोलेसनमा छन् भने एक जना अस्पतालको आइसोलेसनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राई र स्वास्थ्य शाखा प्रमुख मनोजकुमार धुरझारले सुचना जारी गर्दै जानकारी दिए । यो संगै इलामको १० वटै स्थानीय तहमा कोरोनाको संक्रमण देखा परेको छ । यसअघि नयाँ भेरिएन्ट सहितको कोरोना इलामको ९ स्थानीय तहमा मात्र देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय