
फिक्कल,इलामको देउमाई नगरपालिकाका कोरोना संक्रमित घरपरिवारलाई स्वास्थ्य सुरक्षाका सामाग्री साथै खाद्यान्न वितरण गरिएको छ । उध्योग बाणिज्य संघ, देउमाई नगरपालिकाको अगुवाईमा संक्रमितको घर घरमा पुगेर सामाजिक दुरि कायम गर्दै स्थानीयको सहयोगमा आवश्यक सामाग्री वितरण गरिएको उध्योग बाणिज्य संघका अध्यक्ष तारा थापाले जनाउनुभएको छ । दाल, जिरा चामल,रिचार्ज,आँटा,चना,मास्क,सेनिटाईजर,साबुन,वितरण गर्ने अभियान सम्पन्न भएको छ। गत जेठ ८ बाट शुरु भएको अभियान सोमबारबाट सकिएको थापाले जनाउनु भयो । १६ घरका संक्रमित परिवारलाई सामाग्री वितरण गरिएको छ । यो अभियान पुन संचालन गरिने र आपतको समयमा आवस्यक सामाग्री उपलब्ध गराउन उद्योग वाणिज्य संघ तयार रहेको बताईएको छ ।


