इलामका सरोज गदाललाई घर फर्काउने अभियान सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य इलामका सरोज गदाल लाई घर फर्काउने अभियान सुरु गरिएको छ । नयाँबुलन्द डटकममा समाचार प्रकाशन भएलगत्तै सूर्योदय नगरपालिका वडा नम्बर ९ घर भएका गदाललाई केही युवाहरुको पहलमा घर फर्काउनको लागि पहल सुरुभएको संचारकर्मी दिनेश महतले जानकारी दिए । उनी कोरोना संक्रमित भएर झापाको बिर्तासिटी अस्पतालमा उपचार पस्चत निको भईसकेका भएपनी उपचार बापत लागेको खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य रहेका छन ।

गत बैशाख २५ गते गदाल अस्पताल भर्ना भएका उनलाइ ५ दिन अघि अस्पतालले डिस्चार्ज दिएको तर उपचारमा लागेको पैसा बुझाउन नसक्दा अस्पतालमै बस्न बाध्य भएका हुन । घरको आर्थिक अवस्था कमजोर रहेका कारण उपचार पस्चात पनि घर फर्कन पाएका छैनन ।

यता अस्पताल प्रशासनका प्रमुख दिल बस्नेतका अनुसार बिरामीले अस्पताललाई करिब ९४ हजार र फार्मेसीलाई ५३ हजार रुपैंयाँ भुक्तानी गर्न बाँकी रहेको जनएका छन ।

यस्तै बिरामीको आर्थिक अवस्था कमजोर रहेकै कारण पैसा जम्मा गर्न समस्या भए पछी रेडियो बुद्धबाणी एफ।एम फिक्कलका संचालक दिनेश महतको सम्योजकमा अभियान्ताहरु दुर्गा सुबेदी , प्रदिप खड्का , कुशुम दाहाल , धनहाङ लिम्बु र सुमन बेला लिम्बु रकम जुटाउने अभियानमा लागेका छन । सरोजले उपचार बापत अस्पातललाई तिर्नुपर्ने रकम सन्कलन सुरु भएको छ । बिरामीलाई सहयोग गर्न चाहानुहुनेले घरफर्काउने पहल गरिरहेका अभियान्ता दिनेश महतको मोबाईल नबर ९८५२६८०४४२ मा संम्पर्क गरी सहयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय