सन्दीपको उत्कृष्ट बलिङले नेपालको सानदार जित

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लेग स्पीनर सन्दीप लामिछानेको सानदार बलिङले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण अभ्यासमा पपुवा न्युगिनी ९पिएनजी० लाई १ सय ५१ रनले पराजित गरेको छ। सन्दीपले ६ विकेट झारेपछि पपुवा न्युगिनी ८१ रनमा अलआउट भयो।

ओमानमा भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पिएनजी १९।१ ओभरमा ८२ रनमै अलआउट भयो। पिएनजीलाई सस्तैमा समेट्न सन्दीपले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गरे। उनले ५।१ ओभरमा ११ रन मात्रै खर्चिएर ६ विकेट झारे।

पिएनजीले ९ ओभरमा २ विकेट गुमाएर ४३ रन जोडेको अवस्थामा सन्दीपलाई १० औँ ओभरमा बलिङमा पठाइएको थियो। ​त्यत्तिबेला पिएनजीले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरिसकेको थियो। तर सन्दीपले आफ्नो पहिलो ओभरमै लयमा रहेका टोनी उरालाई रनआउट गरे। उनले आफूले बलिङ गरेका सबै ओभरमा विकेट हात पारेका थिए। १२ औँ ओभरमा १ विकेट, १४ औँ ओभरमा १ विकेट, १६ ‌औँ ओभरमा १ विकेट, १८ रौँ ओभरमा २ विकेट र २० औँ ओभरमा एक विकेट हात पारे। १८ औँ ओभरमा सन्दीपले एउटा छक्का व्यहोरेका थिए।

यसअघि सन्दीपले एकदिवसीय खेलमा उत्कृष्ट बलिङ ६ विकेट लिएर १६ रन खर्चिएका थिए। सोमपाल कामी, विक्रम शोव र सुसन भारीले एक÷एक विकेट लिए।पिएनजीका लागि ओपनर टोनी उराले सबैभन्दा बढी १९ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा समेटिए थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३ बल खेल्न बाँकी छँदा २३३ रनमा अलआउट भयो। नेपालका लागि रोहितकुमार पौडेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रोहितले ८६ रन जोडे। उनले १२३ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

करणले २६ बलमा ४२ रनको योगदान गरे। सातौं विकेटको रूपमा ४९औं ओभरमा आउट भएका उनले २६ बलमा २ चौका र ४ छक्का प्रहार गरे। करण आउट भए लगत्तैको बलमा रोहित पनि आउट हुन पुगेका थिए। दुवै जनालाई चाड सोपरले आउट गरे। उनले तीन विकेट लिए। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय