
इलामःइलामका नौं पालिकाहरुमा आज एकै साथ नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रोङ गाउँपालिकामा भने जिल्ला सदस्य चन्द्र मगरको कोभिड–१९ बाट निधन भएकाले कार्यक्रम स्थगित गरिएको छ ।
माई नगरपालिकामा एमालेका केन्द्रीय कमिटी सदस्य तथा प्रदेश अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य ध्रुव श्रेष्ठ र जिल्ला सचिवालय सदस्य बुद्धि खनालको समेत उपस्थिति रहेको थियो ।
एमाले माईका संयोजक मुखराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको बताइएको छ ।



यसरीनै इलाम नगरपालिकामा प्रदेश कमिटी सदस्य मणि सुब्बाको प्रमुख आतिथ्यतामा कार्यक्रम सपन्न भएको छ । सूर्योदय नगरपालिकामा एमाले इलामका अध्यक्ष तथा प्रदेश सांसद राम रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सांसद काजीमान कागते, सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गा भट्टराई, जिल्ला सदस्य रबिन्द्र सुबेदी, नरेश तामाङको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा आठ सयभन्दा बढी कार्यकर्ताहरुको उपस्थिति रहेको जिल्ला सदस्य सुवेदीले बताए ।
यसरीनै माई जोगमाई गाउँपालिकामा एमाले इलामका सचिव तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, सहसचिव उमेश गुरुङ र जिल्ला सदस्य दामोदर भट्टराईको उपस्थिति रहेको थियो ।
देउमाई नगरपालिकामा सम्पन्न भेलालाई एमालेका जिल्ला सदस्य शोभा पराजुली, राजकुमार थापा र सदस्य तथा सूर्योदय नगरपालिकाका प्रमुख सुर्य पोख्रेलले सम्बोधन गरेका थिए ।
यसरीनै माङसेबुङ्ग गाउँपालिकामा सम्पन्न भेलालाई जिल्ला सचिवालय सदस्य ओमनारायण खनाल, जिल्ला सदस्य प्रकाश अधिकारी, जयप्रकाश राई, किरण राई र इलाम नगरकमिटी सदस्य तथा इलाम नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले सम्बोधन गरेका थिए ।
सन्दकपुर गाउँपालिकामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, जिल्ला सचिवालय सदस्य एवं सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले सम्बोधन गरेका थिए ।
एमाले विभाजनपछि पहिलो पल्ट एमालले आयोजना गरेको जिल्ला ब्यापी कार्यक्रममा कार्यकर्ताको उत्साहजन उपस्थिति रहेको एमाले इलामको दाबी छ ।
इलामआवाजबाट साभार