कन्यामका निशानको संगित र चर्चित गायिका रचनाको स्वरमा आमा बोलको गीत सार्वजनिक(भिडियो सहितं)

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयाँबजारःरचना रिमालको स्वरमा रहेको आमा बोलको गीत सार्वजनिक भएको छ । इलामको सूर्योदय नगरपालिका–७ का निशान सापकोटाले संगीत भरेको गीत अमेरिकामा रहेका शिब खतिवडाले लेखेका हुन् । गीतको भिडियो खतिवडाले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

उक्त गीतलाई मिक्सिङ्ग पंकज सिग्देलले गरेका छन । म्युजिक भिडियोमा महिमा प्रसाईं, दिपेस घिमिरे, भिम सिटौला, अनमोल चिमोरिया र करुणा सिटौलाले अभिनय गरेका छन । उक्त म्युजिक भिडियोलाई रेखा भट्टराईले निर्देशन गरेकी हुन् । आमा गुमाउनुको पिडालाई शिवले शब्दमा मार्फत पोखेका छन् ।

आमाको मृत्यु भएको १३ दिनमा वियोगलाई शक्तिमा बदलेर उनले गीत लेखेका हुन् । भिडियोको छायांकन रेमन प्रसाईले गरेका छन् । म्युजिक भिडियोको छायांकन झापाको दमकमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय