सूर्योदयमा पर्यटकका लागी नयाँ गन्तव्यको विकासः ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः प्रदेश नं १ कै पर्यटकीय नगरी घोषित इलामको सूर्योदय नगरपालिकामा पर्यटकको नयाँ गन्तव्यको विकास भएको छ । सूर्योदय नगरपालिका ३ को वौद्यधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण भएपछि पर्यटकीय गन्तव्यको विकास भएको हो ।

कन्याम, अन्तु लगायत थुप्रै पर्यटकीय गन्तव्य रहेको इलामको सूर्योदय नगरपालिकामा नयाँ पर्यटकीय गन्तव्य निर्माण भएको छ । सूर्योदय नगरपालिका ३ को वौद्यधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण भएपछि पर्यटकीय गन्तव्यको विकास भएको हो । भारतीय पर्यटकीय सहर दार्जिलिङ आउने पर्यटकको पहिलो गन्तव्य नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट २ किलोमिटरको दूरीमा रहेको बौद्यधाममा अहिले भारतीय पर्यटक पनि आउने गरेका छन् ।

बुद्धपार्क निर्माणको थालनी मेची पर्यटन प्रवद्र्धन विकास समितिको बजेटबाट आर्थिक वर्ष २०७२÷०७३ मा भएको थियो । क्रमागत रुपमा संचालन हुँदै आएको आयोजना देश संघीय संरचनामा गएपछि प्रदेश नम्बर एक सरकारमा हस्तान्तरण भएको थियो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५र०७६ बाट बजेट बिनियोजन गर्दै आएको छ । सूर्योदय नगरपालिकाले प्रदेशको बजेटमा ३० प्रतिशत थप गरि पार्क निर्माण गर्दै आएको नगर प्रमुख रणबहादूर राईले बताए ।

बुद्ध पार्क निर्माणमा प्रदेश सरकारको दुई आर्थिक वर्षमा २ करोड रुपैयाँ खर्च भएको छ । १७ रोपनी क्षेफलमा निर्माण हुँदै गरेको पार्कमा वुद्धको प्रतिमा निर्माण गरि सकिएको र घेराबारा,साधाना केन्द्र, सौन्दर्यीकरण गर्ने काम बाँकी रहेको छ ।

८ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने योजना रहेको वुद्धपार्कमा प्रदेश १ सरकार, मेची पहाडी पर्यटन र सूर्योदय नगरपालिका गरि ४ करोड रुपैयाँ खर्च भइसकेको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय