आज ६४ जिल्लाका पालिकामा कांग्रेसको अधिवेशन शुरू हुँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ९शनिबार० ६४ जिल्लाका पालिकामा अधिवेशन शुरू हुँदैछ ।

वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

क्रियासिल विवाद कायम रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।

काठमाडौँको नगर अधिवेशन भने यही असोज १६ गते हुनेछ । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको थियो ।पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९(१३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय