
रोशन काफ्ले,नयाँबजारःकाठमाण्डौँको जमलस्थित नाचघरमा भएको क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा इलामे गायक कृष्ण भट्टराइले वेस्ट मोर्डन मेल सिंगर अवार्ड हात पारेका छन । ‘केवलकारैमा’ बोलको गीतबाट भट्टराईले उत्कृष्ट अवार्ड पाएका हुन् । उक्त गीतको शब्द मदन प्रधान तथा संगीत विश्व अधिकारीको रहेको छ ।
क्वालिटी फिल्मस् प्रालिको आयोजनामा भएको उक्त अवार्डमा फिल्म, म्युजिक र फेशनका विभिन्न बिधामा अवार्ड वितरण गरिएको थियो । उमेश गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका गणेश प्रसाद तिमल्सिना , बिशेश अतिथि पूर्व सेनापति राजेन्द्र क्षेत्रीे रहेका थिए कार्यक्रमको संचालन दिनेश डिसीले गरेका थिए ।



चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी पूर्व अध्यक्ष एवं प्रथम चलचित्र महिला निर्देशक शुचित्रा श्रेष्ठले अवार्ड वितरण गरेका थिए ।
इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा जन्मिएका भट्टराईले अहिले सम्म डेढ दर्जन भन्दा धेरै गितमा स्वर भरिसकेका छन । आरआर कलेजबाट संगित कक्षा सुरु गरेका भट्टराई अहिले अनुराग संगित विद्यालयमा सिक्दै छन । इलामबाट काठमाडौ संगितकै सिलसिलामा हिडेका कृष्णले पहिलो पटक २०६५ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका हुन ।
२०६७(६८ मा जनचेतना मुलक समुहगत राष्ट्रिय लोक गित प्रतियोगितामा रेडियो नेपालमा प्रथम समेत भएका थिए । पहिलो गित दिपशिखा एल्बममा रहेको दिवाकर भट्टराईको शब्द तथा संगीत रहेको ‘हे माया सम्झेर नरुनु तिमिले’ बाट कला संगीतको क्षेत्रमा लागेका भट्टराई आफ्नो पहिलो गितबाट कहिल्यै पछाडि फर्कनु परेन । ‘लजाउदै’, ‘कुल कुल’ लगायतका गीतमा स्वर दिएका भट्टराईको ‘केवलकारैमा’ सबै भन्दा चर्चित गीत हो ।
२०७५ मा म्युजिक खबर अवार्ड बाट नवदित आधुनिक गायक, इनकोरेजमेन्ट अवार्ड २०७५ हात पारिसकेका भट्टराईको अब चाडै सहर नामक एल्बममा जुन सहर को यथार्थ बोकेको गित आउन लागेको जानकारी दिए ।