रक्ताम्य अवस्थामा सालनाल सहितको शिशु भेटियो

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इनरुवाःइनरुवाको एक ब्युटीपार्लरमा सालनाल सहितको शिशु भेटिएको छ । राती बन्द गरिएको ब्युटीपार्लर बिहान खोलेर हेर्दा कोठा भित्र अन्दाजी २० वर्षीया अपरिचित युवती र शिशु भेटिएको हो ।

घटना मंगलबार बिहानको भएपनि सार्वजनिक भने भएको थिएन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घरभेटीले बिहान कोठा खोल्ने क्रममा रक्ताम्य अवस्था देखेकी थिइन ।

घरभेटीलाई उद्दृत गर्दै प्रहरीले बताए अनुसार राती तल्लो तल्लाको सबै चेन गेट र भित्री कोठामा तालाचाबी लगाइएको थियो । बिहान उठेर हेर्दा चेन गेट खुल्लै थियो । रक्ताम्य अवस्था र चुकुल लगाएको पार्लरको कोठा भित्र सालनाल सहितको शिशु र आमा फेला परेका थिए ।

घरभेटीको सूचना र घटना प्रकृति अनुसार सुनसरी प्रहरीले मुचुल्का समेत तयार पारेको छ । प्रहरी निरीक्षक मिना राई नेतृत्वको टिमले अनुसन्धान थालेको सो घटनामा सूचना संकलनको काम भैरहेको प्रहरी प्रवक्ता नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

अनुुुसन्धानमा जुटेकी निरीक्षक राईले घटनालाई नौलो प्रकृतिको भएको बताएकी छिन । उनले कसरी ति युवती त्यहाँ पुगिन, वा कसले के कारणले पुर्याएर छाड्यो लगायतका विषय खोतल्ने क्रम भैरहेको । उनले घटना असामान्य रहेकाले अनुसन्धानको दायरा फराकिलो बनाउँदै लगिएको समेत बताइन ।

प्रहरीले आमा र बच्चालाई भने युवतीको अभिभावकको जिम्मा लगाएको बताएको छ । सोधपुछका क्रममा युवतीले दिएको केही जानकारीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले घटनालाई सुनियोजित र शंकास्पद मानेको छ ।

प्रहरीको सोधपुछको क्रममा युवतीले घटना पूर्व आफु कोही पुरुषको साथमा रहेको र इनरुवाकै कुनै एक होटलमा बसेर बियर खाएकी बताएकी छिन । पुरुष नचिन्ने बताएकी युवतीले आफुलाई मोटरसाइकलमा त्यस स्थानमा ल्याएर छाडेको सम्म भनेकी छिन । ब्लाष्ट खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय