पूर्वप्रधानमन्त्री खनाल नेकपा एकिकृतको सम्मानित नेताःविदेश विभागको जिम्मेवारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः नेकपा एकीकृत समाजवादी पार्टीमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेता भनिएको छ । खनाल एमालेमा छँदा वरिष्ठ नेता थिए । साथै उनले विदेश विभागको जिम्मेवारी पाएका छन् । उनलाई सम्मानित नेतासहित उक्त विभागको जिम्मेवारी दिइएको हो ।

राजनीतिक दलहरुभित्र विदेश विभाग निकै महत्वपूर्ण मानिन्छ । विगतमा नेकपा एमाले हुँदा माधवकुमार नेपाल उक्त जिम्मेवारीमा थिए । नेकपा एस बनेपछि खनालले उक्त जिम्मेवारी पाएका छन् । नेकपा एसमा माधवकुमार नेपालपछि खनाल दोस्रो वरियतामा छन् ।

एकिकृत समाजवादी पार्टीकाे केन्द्रिय सदस्यमा इलामबाट तीन जना
नेकपा एकिकृत समाजवादी पार्टीमा इलामबाट तीन केन्द्रिय सदस्य मनोनयन भएका छन् । समाजवादी पार्टीको केन्द्रिय कमिटीमा जिल्ला अध्यक्ष भक्त केसी खिनु लङ्वा र रामचन्द्र पराजुलीलाई मनाेयन गरिएको हो ।

केन्द्रिय सदस्यमा मनोनयन भएका केसी इलामका पुराना कम्युनिष्ट नेता हुन् । उनी नेकपा एमालेको जिल्ला उपाध्यक्ष थिए । एमाले विभाजन पछि बनेको समाजवादी पार्टीको जिल्ला अध्यक्ष रहेका छन् ।

केन्द्रिय सदस्यमा मनोनयन भएकी खिनु लङ्वा लिम्बु प्रदेश एकको प्रदेशसभा सदस्य हुन् । इलाम क्षेत्र नम्बर एक को क बाट निर्वाचित लङ्वा विकासवादी नेतृको रुपमा मतदातासग लोकप्रिय छिन् ।

इलामको सूर्योदय नगरापालिका ३ निवासी लङ्वाले आफ्नो निर्वाचन क्षेत्रमा विकास योजना धेरै छनौटमा पहल गरि कार्यान्वयनको काम हुँदै आएको छ । समाजवादीका केन्द्रिय सदस्यमा मनोनय भएका रामचन्द्र पराजुली इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पस सेवा निवृत्त सह प्रध्यापक हुन् ।

उनी २०३२ सालबाट कम्युनिष्ट आन्दोलनमा लागेका हुन् । उनैको अगुवाइमा इलाममा नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो । पराजुलीलाई समाजवादीले जिल्ला इन्चार्जको जिम्मा दिएको छ भने प्रदेश सासंद लिम्बु र केसीलाई जिल्ला सह इन्चार्जको जिम्मा दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय