‘न्यायपालिकालाई राजनीति गर्ने थलो बनाइएको ओलीको धारणाः जबरा भन्छन्,“प्रश्न उठेका सबैले राजीनामा दिए म पनि तयार छु”

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौंःनेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन्।

मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै ओलीले परमादेश एक जनाले मात्र नभइ पाँच जनाले गरेकाले उनीहरू सबैले राजीनामा दिँदा उपयुक्त हुने टिप्पणी गरेका हुन्।

‘सर्वोच्च अदालतमा आफैं तमासा देखिएको छ। न्यायाधीशहरू कसले के के गर्‍यो भनेर उधिन्न थालेका छन्। उधिन्दै जाँदा केके कुराहरू निक्लिन थालेको छ‚’ अध्यक्ष ओलीले भने‚ ‘परमादेश एक जनाले गरेको होइन। पाँचै जनाले गरेको हो। किन एक जनाको राजीनामा माग्नुहुन्छरु पाँचै जनाले राजीनामा गर्दा उपयुक्त होइन ररु तपाईंहरूको निर्णयको सुगन्ध दुर्गन्ध म भन्न चाहन्नँ।’

संविधानमै नभएको असंवैधानिक कदम चालेर एमालेविरुद्ध नाङ्गो नाच देखाएको आरोप लगाए। कानुन व्यवसायीहरूले कानुन र संविधान जान्नुपर्ने उनले टिप्पणी गरे। लोकतन्त्र र संविधानको रक्षा गर्ने अहिलेको प्रमुख दायित्व भएको अध्यक्ष ओलीले बताए।

‘कुन पक्ष हार्‍यो कुन पक्ष जित्यो भन्ने मेरो चिन्ता होइन। लोकतन्त्र जित्नुपर्छ‚’ ओलीले भने, ‘न्यायपालिकाले जनताप्रति विश्वास गुमाउन थालेको छ। अहिले अदालतबाट न्याय पाइन्छ भन्ने केही छ ररु न्यायपालिकालाई राजनीति गर्ने थलो बनाएपछिका अहिले देशमा यस्तो परिणाम आएको हो।’

अध्यक्ष ओलीले एमालेले एक्लैले विकासको बाटो तय गरेको दाबी गर्दै अहिले पाँच दलीय गठबन्धनका सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए। सरकार पूर्ण रुपमा असफल भएको उनको आरोप छ।

‘तीन वर्ष लगाएर नेकपा एमालेलाई हटाए। सरकार बनाउन रोक्ने प्रयास भएको थियो। त्यसपछि ढालिहाल्न खोजेका थिए। सकेनन्‚’ उनले भने‚ ‘अस्थायी रुपमा साढे तीन वर्षपछि ढाले‚ त्यो पनि परमादेशबाट। हामीले केही समयमा निर्वाचनपछि फेरि सरकारमा एक्लै जान्छौँ।’

सभामुख अग्निप्रसाद सापकोटाको असंवैधानिक कदमकै कारणले अहिले संसद चल्न नसकेको ओलीले आरोप लगाए। ताजा जनादेशमा जान रोक्नु भनेको सूर्यलाई हत्केलाले छेकेजस्तो भएको उनको भनाइ छ। चुनावतर्फ पार्टी गइसकेको भएकाले पार्टीले बहुमत ल्याउने वातावरण तयार गर्ने निर्देशन समेत दिए।

प्रश्न उठेका सबैले राजीनामा दिए म पनि तयार छुःप्रधानन्यायाधीश जबरा

यता प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए आफू पनि तयार रहेको बताएका छन्। मंगलबार १५ न्यायाधीशसँगको भेटमा प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन्। ‘सडकका आवाजका भरमा म राजीनामा दिन्नँ‚’ न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले भने, ‘यहाँ विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए म पनि तयार छु।’

उनले आफू संवैधानिक बाटोबाट आएकाले व्यवस्थाअनुसार नै कायम रहने स्पष्ट पारे। छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। प्रधानन्यायाधीशसँगको भेटपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन्। न्यायालयमा बेथिति बढेको‚ सत्ता गठबन्धनमा प्रधानन्यायाधीश जबराले भाग खोजेको लगायतका विषयमा असन्तुष्टि जनाएका १५ न्यायाधीशले सोमबार प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक बहिष्कार गरेर छुट्टै बैठकमा बसेका थिए।

सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास पनि बहिष्कार गरेका न्यायाधीशहरूले जबरालाई भेटेर आफ्ना कुरा राख्ने र प्रधानन्यायाधीशले समाधान नगरे थप कडा कदम चाल्ने बताइएको छ। सोमबार प्रधानन्यायाधीशले १५ जना न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेको थिए। तर, ती कुनै पनि इजलास बस्न सकेको थिएन। सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको दबाब बढेको छ। पूर्व न्यायाधीश फोरम, चार पूर्व प्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन लगायतले जबराको राजीनामा नै अन्तिम विकल्प भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय