इलामःवरिष्ठ गायक गीतकार तथा सगींतकार एब रेडियो फिक्कलका अध्यक्ष गणेश रसिकलाई पत्नी शोक परेको छ । नेपाल सगींत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका पुर्व सदस्य सचिव समेत रहनु भएका रसिककी धर्मपत्नी निरा सेरचन राईको हिजो बुधबार निधन भएको हो ।
गत असोज १९ गते कोरोना पोजेटिभ भएर अस्पताल भर्ना हुनु भएकी ६८ बर्षिय सेरचनको १ साता आईसियुमा र त्यसयता भेन्टीलेटरमा राखेर ह्याम्स अस्पताल काठमाडौ उपचार हुँदै आएको थियो । भेन्टीलेटरमै उपचाररत रहेको अवस्थामा बुधबार दिउँसो २ बजे निधन भएको हो ।
गणेश रसिक फाउन्डेसनको अध्यक्ष समेत रहनुभएकी सेरचनको एक छोरा एक छोरी हुनुनुन्छ । छोरा निमेश रसिक राईको गत २०६७ सालमा फिक्कल रम्फोक स्थीत घरमा निधन भएको थियो । उहाँ श्रीमान गणेश रसिक उहाको बुहारी सुस्मिता राई नातीनी निनिशा राई को साथ रहनु भएको थियो । उहाँको छोरी निरजा राई प्रधान कोमा बस्दै आउनु भएको छ ।
रसिक परिवार भाद्र अन्तिम साता मात्रै सुर्योदय नगरपालिका रम्फोक घर बाट काठमाडौ जानू भएको थियो । रसिकको सपरिवार कोरोना पोजेटिम भएपछी रसिक उहाकी बुहारी सुस्मिता र नातिनी निनिशा एकसाता अस्पताल बसाईपछी डिस्चार्ज हुनुभएको हो ।
यसैबिच रसिकले आफ्नो फेसबुक मार्फत आफनी पत्नीको निधनमा समबेदना श्रद्धाञ्जली अर्पण गर्ने सबैमा धन्यवाद दिदै यो बिषम परिस्थितिमा भेटेर श्रद्धाञ्जली अर्पण गर्न पनि नसकिने उल्लेख गर्दै अनुकुल समयमा श्रद्धाञ्जली कार्यक्रम राख्ने भएकोले हाल आ–आफ्नो स्थानमा रहेर समबेदना श्रद्धाञ्जली अर्पण गर्न आग्रह गर्न आग्रह गर्नु भएको छ ।