दुई तिहाई मत पाएको एमाले प्रदेशहरुमा पनी सत्ताबिहीन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्र प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई बुझाएका छन् ।

एमाले विभाजनपछि आचार्यले प्रदेशसभामा सोमबार विश्वासको मत मागेका थिए । तर, उनले विश्वासको मत नपाउने देखेपछि विश्वासको मतको प्रस्तावमाथि मतदान हुनुअघि नै राजीनामा बुझाएका हुन् । आचार्य गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि नियुक्त भएका थिए ।

एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए । प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन भएपछि एमाले अल्पमतमा परेको छ । आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो ।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

आचार्यको राजीनामासँगै सातवटै प्रदेशमा नेकपा एमाले सत्ताविहीन बन्न पुगेको छ । २०७४ मा भएको प्रदेश निर्वाचनपछि एमाले ७ मध्ये ६ वटा प्रदेशको सरकारमा सहभागी थियो । प्रदेश १, बागमती र गण्डकीमा एमाले नेतृत्वको सरकार बनेको थियो भने, सुदूरपश्चिम र कर्णालीमा एमाले गठबन्धन सरकारमा थियो । प्रदेश २ मा भने एमाले सुरुदेखि नै विपक्षी दल हो ।

तर, गत भदौमा एमाले विभाजन भएसँगै उसले बागमती, गण्डकी र प्रदेश १ सरकार गुमाएको छ भने कर्णाली र सुदूरपश्चिममा पनि सरकारबाट हटेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय