इलामबाट गृहमन्त्री खाँणको उत्घोषः तहसनहस भएका संरचनाको पुनःनिर्माणमा लाग्नुपर्छ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गृहमन्त्री बालकृष्ण खाँणले बेमौसमी वर्षाका कारण तहसनहस भएको संरचनाको पुनः निर्माणमा लाग्नुपर्ने बताएका छन । बाढीपहिरोका कारण सबैभन्दा बढी क्षतिभएको पूर्वी पहाडका जिल्लाको अवलोकन गर्दे इलाम आएका खाँणले संरचनाको पुनःनिर्माणमा लाग्नुपर्ने बताएका हुन् ।

पहिरोले सडकमा ठूलो क्षतिगरेको र अन्य संरचनालाई पनि भत्काएको भन्दै उनले प्रधानमन्त्री राहतका लागि आएका थियो त्यसको अनुगमन सँगै पुनस् निर्माणका लागि अध्ययन गर्न हाम्रो टोली आएको बताए । उनले वेमौसमी वर्षले धेरैलाई घरवारविहिन बनाएको र कृषिबालीमा ठूलो क्षति गरेको बताए ।

यसवर्ष धान उत्पादन सँधैको तुलनामा राम्रो थियो तर वर्ष सकिएपछि आएको बाढीपहिरोले ठूलो क्षति गरेको बताए । खाँडले पहिले पहिरो रोक्न रुखविरुवा रोप्नुपर्ने पढेका थियौ तर यतिवेला रुखविरुवा भएकै ठाउँमा पहिरो गएको भन्दै भौगोलिकता अनुसार कस्तो विरुवा रोप्दा ठिक हुने भन्ने अध्ययन गरेर अघि बढ्नुपर्ने बताए । इलामआवाजबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय