मणि बर्देवाको “बर्षमा दिनको रमाइलो तिहार” बोलको गीत सार्वजनिक(भिडियो सहित)

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक २०,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

फिक्कलःबर्षमा दिनको रमाइलो तिहार बोलको गीत सार्वजनिक भएको छ । गायक,संगितकार तथा रचनाकार समेत रहेका मणी बर्देवाको शब्द संगीत र स्वरमा सजिएको तिहार विशेष गीत सार्वजनिक गरिएको हो ।

गीतमा मुना बर्देवा,रक्षा तिम्सिना र प्रमेश राइको समेत आवाज रहेको छ । गीत बिर्तामोडको सरगम रेकर्डिङ्ग स्टुडियोमा तयार गरिएको थियो ।

रोशन मिश्रको संगीत संयोजन र विषम आचार्यकोे मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको गीत नेपालीको दोश्रो ठूलो चाढ तिहारको रौनक र उत्साह बढाउने प्रवृत्तिको छ ।

गीतको म्युजीक भिडियो आकर्षक बनाईएको छ । तिहार झल्कने साथै पर्वको मौलिकता देखिने गरी तयार गरिएको भिडियोले समेत गीतलाई थप रोमान्चक बनाएको देखिन्छ ।

दिपक रायमाझीको निर्देशन र रोहित लाम्गादेको कोरियोग्राफी रहेको भिडियो करिब ९ मिनेट ४३ सेकेन्डको रहेको छ । सुबास लिम्बु को छायांकन सम्पादनमा रबिन अधिकारी र सिंहराज नाल्बो सहयोगी बनेका छन् । युनिक मिडिया हाउस मार्फत पोस्ट प्रोडक्सन गरिएको हो ।

करिब तिन दशक अघिबाट संगित क्षेत्रमा आबद्ध रहेका बर्देवाले दुई दशक अघिबाट भने प्रशिक्षण समेत गराउँदै आएका छन् । उनका थुप्रै सांगितीक कोशेली बजारमा आइसकेका छन् । विर्तामोडमा आफ्नै सरगम रेकर्डिङ्ग स्टुडियो खोलेपछि उनले संगितलाई ब्यवसाहिकता दिँदै आएका हुन । यस अघि बजारमा आएका थुप्रै गित लोकपृय बनिसकेका छन् । पछिल्लो समय सार्वजनिक गरिएको बर्षमा दिनको रमाइलो तिहार बोलको गीतले पनी श्रोता दर्शकको मन जित्न सफल हुनेमा उनि विश्वस्त छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय