लोक सेवा फेल

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

लोक सेवा फेल
लोक सेवा आयोग अनामनगर काठमाडौले भारि सङ्ख्यामा नायब सुब्बा अप्राविधिक को विज्ञापन खुलायो । एकाबिहानै फेसबुकभरि साथिहरुले तथा लोक सेवा तयारी गरि निजामती सेवा भबिस्य बनाउन चाहाने साथीहरूले बनाउनु भएको ग्रुपमा सेयर गरिएको सुचनाले मन केही उत्साहित थियो । पढेर नेपालमा केही गर्ने सपना भएका म जस्ता लाखौं नेपाली दाजुभाइ दिदीबहिनीका लागि एक महत्त्वपूर्ण अवसर थियो ।

हतार हतार साथिलाई फोन गरे।
प्राञ्जल , नायब सुब्बाको विज्ञापन भएछ त भर्ने होइन?
भर्ने नि तर कुन सेवाबाट भरौ? हामी त समावेशी ?जनजाति समुहबाट पनि भर्न पाईन्छ है?
पहिलोपटक आयोग तयारी गरिरहेको उसले प्रतिप्रश्न गर्यो ।
?प्रशासन तथा लेखा, राजस्व भरौ न?
धेरै लामो समयपछिको प्रतिक्षापछिको विज्ञापनले उ पनि खुसी थियो । विज्ञापन खुलेको दुई हप्तापछि सिङगल दस्तुरका लागि समयावधि भन्दा १ हप्ता अघि मात्रै फर्म भर्न मौका मिल्यो । मेरो दोस्रो पटकको परीक्षा थियो त्यसैले लोक सेवा आयोगको सुचना अनुसारको मास्टर्स आईडि बनाइसकेको थिए । फर्म आफै भरे राजस्व ग्लोबल आईएमिको शाखाबाट डिपोजिट गरे । नेपालको तथ्यांक तथा विश्वप्रसिद्ध घटनाक्रम दिनानुदिन परिवर्तन भईरहन्छ त्यसैले नजिकैको पसलबाट नयाँ संस्करण नासु परीक्षा दिगदर्शन किताब किने र नायब सुब्बा बन्ने सपना सजाउदै कोठातिर फर्के।

बार्दलिको नजिकै पढने कोठा, बाहिरको चिसो हावा, कार्तिक मंसिरको कठ्याङग्रो जाडोले आंङ थर् थर कमाउथ्यो । नासु बन्ने सपना एकातिर निद्राको पिर अर्कोतिर , उसै त कमजोर आँखा चस्मा पुछ्दै आँखा मिच्दै पढेपनि निद्राका अगाडि सपनाको डेग चलेन । केही नहुनेलाई सबै कुराको आस हुन्छ त्यसैले बिहानै उठेर किताब खोलेर पढ्थे ।

कहिलेकाही पढदापढदा शरीर ज्यादै थकित हुन्थ्यो । फेसवुक खुले । साथिले म्यासेज गरेको रहेछ ।
ूओई कति पढिस छ्या यार मलाई त दिक्क लागिसक्यो ब्रह्माण्ड सम्बन्धि जानकारी सकेर भरखर विश्वको भुगोल पढदै छु ।
म नि समसामयिक मामिलाहरु हेर्दै छु उतर दिए
ूतैले त पहिलेबाट पढेको नाम निस्कन्छ
आसैआसमा धेरै पटक निराश भएको कथा म सँग छ । त्यसैले उसको कुरा मजाकमा उडाए
म नासु भएँभने तँलाई गन्दापनि गन्दिन

दिनको केही घण्टा फेसवुक खोलेपनि ध्यान भने सपना केन्द्रीय नासु परीक्षा तिर हुन्थे । बाबाममिले मेरा लागि गर्नुभएको दुख सम्झीएर किताब खोले दिनरात पढे।

समय उहीँ घडीको टिक् टिक् आवाजमा तीन सुईको ईशारासँगै चलिरहेछ । हरेक घण्टाले भुतलाई ईङगित गर्दै गिज्जियाईरहेछ । समय एकनासले चल्छ त्यसैले त हरेक दिनले एक अन्धकार रात छाडेर जान्छ । पुषको महिना बित्न केही समय लागेन ।

सामान्य बौद्धिक परिक्षण मेरो सानैदेखि रुचीको बिषय थियो । पाठ्यक्रम अनुसार सबै अध्याय राम्रो तयारी गरे । सामाजिक सञ्जालबाट खोजेर बृहत् अध्यायन गरे ।
माघ २६ गते शनिबार महेन्द्र रत्न बहुमुखी क्याम्पस परीक्षा केन्द्र तोकिएको थियो । अघिल्लो दिन ठिक १ बजे बिर्तामोड ट्याक्सि स्टेनबाट ईलामका लागि ट्याक्सि चढे। करिब ८ घण्टाको यात्रापछि ईलाम मालापथ ओर्लिएँ । नजिकै होटल खोजेँ ।

भोलिपल्ट बिहान ८ बजे परीक्षा थियो । केही समय अघि नै परीक्षा केन्द्र पुगे । समयवधि भित्रै बहुबैकल्पिक बस्तुगत प्रश्न सहितको पहिलो चरणको परिक्षा सके । प्रश्नपत्र र उत्तरपुस्तिका बुझाएर बाहिर निस्के ।

बाहिर साथिहरुको ठुलो छलपल थियो । मेरो यस्तो भयो यति मिलाए । यी सबै वेवास्ता गरि बसपार्क गए ट्याक्सि चढे र कोठा फर्के । मान्छे प्रत्येक पाईला लड्छ लडेर नि केही सकिने रहेनछ वास्तमा यहि जिन्दगी हो । केही दिनपछि परिक्षाफल आउँछ । म निराश हुदै आफ्ना भाग्यलाई धिकारे ।

क्षितिज प्रकाश अधिकारी
रोङ गाँउपालिका ३ ईलाम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय