इलामका चर्चित गायक लेखु विवशलाई मुटु रोगःउपचार सहयोगार्थ रकम हस्तान्तरण

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःइलामका चर्चित गायक लेखु विवशलाई मुटु रोगले सताएको छ । केही महिना अघिमात्र पत्नि वियोगमा परेका विवश यतिबेला मुटु रोगको उपचार गराईरहेका छन् ।

संगितलाई नजिकबाट चिनेका उनले बर्षौँअघि रेडियो नेपालमा गित रेकर्ड गराएर गितसंगितलाई ब्यवसायिक बनाउँदै आएपनि पछिल्लो केहीबर्ष यता पारिवारीक झमेलाका कारण ब्यवसायिक बन्न भने सकिरहेका छैनन् ।

उनको उपचारमा विभिन्न कलाकार,सामाजिक ब्यक्तित्व तथा संघसंस्थाहरुले सहयोग गरिरहेका छन् । २ दिन अघिमात्र फिक्कल मा बि पुर्व बिधार्थि मन्च मार्फत उपचार सहयोगार्थ रु अठहत्तर हजार रकम हस्तान्तरण गरिएको छ । हङकङबाट फिक्कल मा बिको पुर्व शिक्षक तथा सङगितकार गणेश पराजुलिको सक्रियतामा इलाम नेपाल समाज हङकङ तथा हङकङमा रहेका नेपाली कलाकार एवम सहयोगिहरुले रकम संकलन गरेका हुन् ।

फिक्कल मा बि पुर्व बिधार्थि मन्चको खातामा रकम जम्मा गरिएको थियो । उक्त रकम फिक्कल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लि सुवेदी, रेडियो बुद्धवाणी एफ एम का अध्यक्ष दिनेश महत,वरिष्ठ गायक कुबेर राई, गायक पुजन प्रधान, फिक्कल मा बिका पुर्व शिक्षक, पुर्व बिधार्थि,  तथा पदाधिकारिहरुको उपस्थितिमा मन्चका अध्यक्ष दिपेन्द्र राईले हस्तान्तरण गरेका हुन् ।

पिडित लेखु बिवशको शिग्र स्वास्थ्य लाभको कामना गर्दै उनको घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको फिक्कल मा बि पुर्व विद्यार्थी मन्चका संस्थापक सदस्य साथै संचारकर्मी योगश बस्नेतले जानकारी दिईएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय