ओलि भन्छन्ःसहमति भइसक्यो, अध्यक्षमा उम्मेदवारी दिने रावलको अढान

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनको विषयमा पार्टी सहमति भएको बताएका छन्। बन्दसत्रको हलमा प्रवेश गर्ने बेलामा ओलीले सञ्चारकर्मीहरूलाई पार्टी नेतृत्व चयनको बिषयमा सहमति भएको बताएका हुन्।

ओलीले भने, ‘नेतृत्व चयनको बिषयमा सहमति भइसक्यो।

तर, औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन्। उनी कुनै हालतमा अध्यक्षभन्दा तल नझर्ने मनस्थितिमा छन्।

ओलीले सहमति भइसकेको बताए पनि उपाध्यक्ष रावलले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताए।

ुमलाई सहमतिबारे केही पनि जानकारी छैन, रावलले भने, मनोनयन सुरु भएपछि मैले अध्यक्षमा उम्मेदवारी दिन्छु।ु

सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा रहेका अध्यक्ष ओलीले रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने भने पनि उनी तयार नभएको स्रोतले बताएको छ। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय