कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जानाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ५२१ पुगेको छ । थप २१३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ६३२ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३१५ जना भने संक्रमणमुक्त भएका छन् । यससँगै संक्रिय संक्रमितको संख्या ७ हजार १५६ पुगेको छ ।




