३ लाख पुरस्कार राषीको आत्मानन्द कप इलाममा जारीः नेपाल भारतका आठ टिम सहभागि

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःमाङसेबुङ गाउँपालिका–५ मा आत्मानन्द खेल मैदानमा जारी १४औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिता अन्तर्गत दोश्रो दिन आज बिबिएफसी दमक झापा र रेडहर्ष इलामबीच प्रतिष्पर्धा हुँदैछ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ।प्रतियोगितको उद्घाटन शनिबार प्रदेश १ सामाजिक विकासमन्त्री जयराम यादवले गरेका थिए।

उद्घाटन घरेलु टोली माङसेबुङ गाउँपालिका खेलकुद समितिले विजयी सुरुवात गरेको थियो। शनिबार भएको उद्घाटन खेलमा धरानको गोधुली फुटबल क्लबलाई ३–१ गोलको सहज जित निकाल्दै माङसेबुङले विजयी सुरुवात गरेको हो।

खेलको १८औं मिनेटमा नै माङसेबुङका प्रविण राईले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। २०औं मिनेटमा पुनः राईले नै गोल गर्दै अग्रता दोब्बर बनाए। घरेलु मैदानको समर्थन पाएको माङसेबुङले २४औं निर्मल राईको गोलमा अग्रता ३–० बनायो। गोधुलीका तर्फबाट दोश्रो हाफमा विवस सुनुवारले सान्तवना गोल फर्काएका थिए।

विजेता टिमले नगद ३ लाख १६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १६८ रुपैयाँ हित ट्रफी र प्रमाणपत्र पाउनेछन्। त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ठ स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदियमान खेलाडी, अनुशासित खेलाडी, उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय