
काठमाडौँ — नेकपा एमालेको जारी १०औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुको डेलिगेसन सकिएसँगै अध्यक्ष केपी शर्मा ओली नेता भीम रावल छलफल गर्दै छन् । नेकपा एमालेको जारी १०औं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरिरहँदा नेता भीम रावलले एक्लै भएपनि अध्यक्षको उम्मेदवारी दिने अडान राख्दै आएका छन् ।
आइतबार बन्दसत्र सुरु हुनुअघि नै उनका समर्थक प्रतिनिधिहरूले भीम रावलको पक्षमा भोट अपिल गर्दै पर्चासमेत बाँडिसकेका छन् ।



आइतबार मध्याह्न १२ बजेतिर नेता लेखराज भट्टसहित पूर्वमाओवादीको टोली अध्यक्ष ओलीसँग छलफल गरेर बाहिरिएको छ । बन्दसत्र सुरु हुनुअघि नै उनीहरूले आफ्नो पक्षका माग लिएर छलफलका लागि गएका हुन् ।
अध्यक्ष ओली र प्रदेशहरुका नेताबीचको छलफल सकिएको छ । केहीबेर अघि मात्रै सुदूरपश्चिम र प्रदेश २ का नेताहरु छलफलबाट बाहिरिएका छन् ।
केहीबेर अघि अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको थियो ।
त्यसभन्दा अघि ओली निकट नेताहरूले पनि ओलीसँग आइतबार बिहानै छलफल गरिसकेका थिए । विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल लगायत नेताहरूले ओलीसँग भेटेर आफ्नो अडान राख्दै आएका छन् ।
पूर्वमाओवादी पक्षले गर्यो कम्तीमा तीन पदाधिकारीमा आफ्नो दाबी
एमालेको जारी दसौं महाधिवेशनमा पूर्व माओवादी पक्षका नेताहरुले कम्तीमा तीन पदाधिकारीसहित केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखेका छन् ।
पूर्व माओवादी पक्षले रामबहादुर थापा बादललाई वरिष्ठ उपाध्यक्षरउपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव बनाउनुपर्ने माग गरेका छन् । यस्तै प्रभु साह र मणी थापाले पनि पदाधिकारीमा आफ्नो दाबी पेश गरेका छन् ।
पूर्व माओवादी पक्षका नेता मणी थापाका अनुसार आफ्नो पक्षका मागका बारेमा छलफल गर्नका लागि अहिले टोपबहादुर रायमाझी र लेखराज भट्ट केपी शर्मा ओलीलाई भेट्न गएका छन् ।
ुहामीले हाम्रो पक्षबाट पनि पदाधिकारी र केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थिति हुनुपर्छ भनेर कुरा राखेका छौं,ु मणी थापाले भने, ुहाम्रो कुरा राख्नका लागि टोपबहादुर रायमाझी र लेखराज भट्ट ओलीलाई भेट्न जानुभएको छ ।ु